फाल्गुन २८,राेल्पा । रोल्पाकाे थबाङ गाउँपालिका वडा नं ३ मिरुलको राँपा जङ्गगलमा दुई बोरा सकेट बम फेला परेको छ ।
बुधवार विहान करिव १० बजे तिर स्थानियले घाँस काट्ने क्रममा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेको प्रहरी चौकी मिरुल राना गाउँका प्र.ह. डम्बर बहादुर चलाउनेले जानकारी दिनुभयो । सुचना पाएलगतै प्रहरीको टोली उक्त स्थानमा खटिएको प्रहरी टोलीले दुई बोरा बम फेला पारेको हो ।
थबाङ गाउँपालिकाको वडा नं ३ मिरुलको वडा कार्यलयबाट करिव ५० मिटरको दुरीमा बम फेला परेको हो । बम राखिएको बोराहरु कुहिएको अवस्थामा रहेको छ भने बम कस्ले किन राखिएको भन्ने बारेमा अनुसन्धान भैरहेको प्र.ह. चलाउनेले बताउनु भयाे ।
सकेट बम डिस्पोजको लागि नेपाली सेनाको बम डिस्पोज टोली घटनास्थल आउदै छ ।