• २०८१ फाल्गुन २ गते शुक्रवार

गोकुल बास्कोटाको घरमा वम विस्फोट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, भक्तपुर । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको मध्यपुर ठिमी नगरपालिका–१ मा रहेको निर्माणधीन घरमा प्रेसर कुकर बम विस्फोट भएको छ। बुधबार बिहान ८ बजे बम विष्फोट भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ।

भक्तपुर प्रहरीका अनुसार विस्फोटबाट बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने त्यहाँ राखिएको एउटा मारुती भ्यानमा समेत क्षति पुगेको छ । विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस