• २०८१ बैशाख १३ गते बिहिवार

लामबगरको बाटो पिचको तयारी, सरोकारबालालाई सुझाब

खिमराज गिरी, तारकेश्वर पढ्न लाग्ने समय : २ मिनेट

माघ २८, काठमाडौं । तारकेस्वर नगरपालिका वार्ड न ८ अन्तरगत पर्ने लामबगरको बाटो फागुन १ गतेबाट पिच गरिने तयारी भएको छ । लामबगर बाटो पिच योजना अनुरुप ठाउँ ठाउमा गिट्टी थुप्र्याइएको छ ।

अहिलेको ठेक्का पट्टाको प्रकृयागतरुप अलि असहज भएकोले नै होला कुनैपनि योजनाको काम यहाँ मात्र नभै हरेक ठाउमा तोकिएको समयभन्दा केही ढिला भएको छ । यी विभिन्न ठेक्का पट्टाको प्रकृया पुर्याउदा काममा ढिला हुने देखिएकोले नै अहिलेको सरकारले यसलाइ सहज बनाउने प्रयास गरेको छ । तैपनि भन्न जति सजिलो हुन्छ काम गर्न त्यति गार्हो हुन्छ नै ।

जे होस अब लामबगरहुँदै आवत जावत गर्ने मानिसहरुको लागि सहज त हुने नै भयो तर अर्को कुरा प्रशासन लगायत सरोकारवालाले निम्न कुराहरुमा ध्यान पुर्याउनु जरुरी देखिन्छ ।

१) पैदल यात्रुलगायत विभिन्न सवारी साधनहरुलाइ मध्यनजर राख्दै जथाभावी तिब्र गतिमा सवारी साधन हाक्न नदिने ।

२) प्यासेन्जरको लागि समयमा नै गाडिको सहजता होस ।

३) तिनपिप्ले, काभ्रेस्थलिबाट रत्नपार्क चल्ने गाडी बेलुका कम्तिमा पनि आठबजेसम्म सन्चालन होस जसले गर्दा आम सर्व साधारणलाइ गन्तब्यमा पुग्न सहज होस ।

४) बसमा हुने चोरी डकैती, पकेटमाराहरुलाइ निष्तेज पार्नको लागि सुरक्षा फौजसग समन्वय गरि आबस्यक सुरक्षाका बिधिहरु अप्नाउने ।

५) जथाभावी गाडी पार्किङ, पसल आदिले गर्दा ट्राफिक जाम हुने सम्भावनालाइ मध्यनजर राख्दै सहज यातायातको व्यवस्था गर्ने ।

६) लामबगरको बाटोमा प्राय दुर्घटना हुने हुनाले झुन्डिएर यात्रा गर्ने या गराउने अनि ओभर्ट्याक गर्ने गाडी चालकहरुलाइ कडा भन्दा कडा कारबाही गर्ने ।

प्रतिक्रिया दिनुहोस