• २०८० फाल्गुन १० गते बिहिवार

नेकपाले फागुन १ गते शहीदको स्मृतिमा सभा गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ, २८ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन १ गते शहीदको स्मृतिमा श्रद्धाञ्जलिसभा गर्नेभएको छ ।

सो दिन जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा देशभरी गरिने जनाइएको छ । काठमाडौँमा पार्टी मुख्यालय धुम्वाराहीमा गरिने सभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी एकतापछि नेकपाले गत वर्ष पनि शहीदको सम्झनामा श्रद्धाञ्जलिसभा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस