• २०८२ बैशाख ५ गते शुक्रवार

सशस्त्र प्रहरीको टोलीद्वारा चोरीपैठारीको सामान बरामद

सिमा गुरुङ पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, भैरहवा । जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित मेउलीहवाबाट सोमबार एपीएफ टोलीले करीव एक लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । युपी ५५ भी ४९१९ नम्बरको भारतीय मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेक्वा रुपन्देहीबाट खटिएको सशस्त्र प्रहरी बल टोलीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल टोलीले त्यसवेला उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको सो मोटरसाईकल समेत बरामद गरेको छ । सशस्त्र प्रहरी बल टोलीले बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय भैरहवामा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस