• २०८१ बैशाख १३ गते बिहिवार

एटिएम मेसिन फोडिरहेको अवस्थामा पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पुस २६, काठमाडौं । जाजरकोट त्रिवेणी नगरपालिका-६ घर भएका २४ वर्षीय तिलक खड्कालाई एटिएम मेसिन फोडिरहेको अवस्थामा शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटिएमको माथिल्लो भागको स्क्रिन फोडिरहेको अवस्थामा फेला पारी खड्कालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस