कार्तिक २५, मुगु । हिमाली जिल्ला मुगुमा मंगलवार बाट कक्षा ११ को वार्षिक परीक्षा सुरु भएको छ । कोरोनाको कहरले बन्द भएको कक्षा ११ को परीक्षा जिल्लाको छायानाथ रारा नगरपालिकामा रहेको श्री महाकाली नमुना माद्यमिक विद्यालयले मंगलवार बाट सुरु गरेको छ भने अन्य तिन गाउपालिकाले आफ्नो अनुकुलका आधारमा परिक्षा सञ्चालन गरेका छन् ।
मुगुमा एक नगरपालिका सहित तिन गाउपालिकामा जम्मा ११ वटा उच्च माद्यमिक विद्यालय रहेका छन् । उनीहरुले आआफ्नो समय अनुकुलका आधारमा परिक्षा सञ्चालन भईरहेको छायनाथ रारा नगरपालिका शिक्षा शाखाका प्रमुख खड्ग बहादुर रोकायाले जानकार दिए ।
उनका अनुसार कार्तिक २३ गते बाट सन्चालन भएको कक्षा ११ को परीक्षा सोमवार दोस्रो दिन श्री नमुना माध्यामिक बिद्यालय वुद्घ माग्रीको बिद्यालयमा नियमित तर्फ ३० जना मध्ये २ जना अनुपस्थि भएका थिए । २८ जना सहभागी अंशिक तर्फ ३४ जना लगाएत अन्य बिभिन्न बिषयमा छात्र ३६ जना छात्रा २८ जना सहभागी रहेका छन । यस्तै मंगलवार बाट सुरु गरेको महाकाली माद्यमिक विद्यालयलमा नियमित तर्फ २ सय ४ जना मध्ये १ सय ८० उपस्थिीती रहेका छन भने २४ जना अनुपस्थिती रहेको महाकाली नमुना माद्यमिक विद्यालय मुगुका प्रधानाध्यापक देब बहादुर मल्लले बताए । उनका अनुसार छात्र ९१ जना छन् भने छात्रा ८९ जना रहेको जानकारी गराउनु भयो ।
त्यस्तै आंशिकमा १ सय २६ जना रहेका छन् भने ति मध्ये १ सय ८ जना उपस्थिीति छन भने १८ जना अनुपस्थिती रहेको १८ जना रहेको प्रधानाध्यापक मल्लले बताए । ४० अंकको बाह्य र ६० अंकको आन्तरिक मूल्यांकनबाट पूर्ति गर्ने गरी मंगलवार बाट परीक्षा सञ्चालन भएको हो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा हुनु अगाबै प्रत्येक विद्यालयले परीक्षा लिएर मूल्यांकन गरी परीक्षा नियन्त्रण कार्यालयमा पेश गर्ने भन्ने आधारमा बुधबारदेखि परीक्षा सञ्चालन गरिएको शिक्षक डिलेन्द्र मल्लले जानकारी दिए । ४० अंकको प्रश्नपत्र र राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्ड अनुसार नै प्रश्नपत्र वितरण गरेर परीक्षा सञ्चालन गरिरहेको मल्लले बताए । विद्यालय आफैले नतिजाको सबै तयारी गरी प्रश्नपत्रहरु चेकजाँच गरी रिजल्ट सिट बनाएर राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र त्यसको आधारमा परीक्षाफल प्रकाशन गर्ने नियम रहेको विद्यालयले जनाएको छ ।
छायानाथ रारा नगरपालिकाले शैक्षिक संस्था सञ्चालनका लागि अनुमति दिएपनि स्वास्थ्य सम्बन्धि कुनैपनि सामग्री नदिएको पाइएको छ । विद्यालयले पुरा गर्न सक्ने मापदण्डहरु मस्क, सेनिटाइजर, र परीक्षा हलमा पनि सकिदो दुरीमा परीक्षा सञ्चालन गरिएको शाहीले बताए । यसैबिच नगरपालिकाकै प्रभात माद्यमिक विद्यालय रोवामा बुधवार बाट परिक्षा सञ्चालन हुने जनाईएको छ ।