• २०८१ भाद्र २५ गते मङ्गलवार

जाडो याममा कोरोना संक्रमण फैलन सक्नेप्रति विज्ञहरुको चिन्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २५, काठमाण्डौं । रुघाखोकीजस्ता समस्या धेरै देखा पर्ने जाडो याममा उस्तै लक्षण हुने कोरोनाभाइरसको सङ्क्रमण भएमा छुट्याउन कठिन हुने भएकाले स्वास्थ्य अधिकारी एवम् विज्ञहरूले विभिन्न उपाय सुझाएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकका अनुसार मौसमी फ्लूबाट बच्न सकिने उपाय सहज भएकाले त्यसबाट जोगिन सकेमा कोभिड १९ का लक्षण छुट्याउन सघाउने देखिन्छ। कम्तीमा जोखिमयुक्त समूहमा रहेकाले फ्लूको खोप लगाउनु हितकर हुन्छ।

बाँकी सम्भावित समस्याको रोकथामका उपाय अनपाउनु नै जाडोमा कोरोनाको थप जोखिमबाट बच्ने तरिका हो। संसारभरि कोरोनाको स्वभावबारे अझै धेरै मतभिन्नता देखिए पनि यो तापक्रमसँग संवेदनशील हुने एकखाले प्रवृत्ति भएको बताइन्छ । चीनमा पहिलो पटक यो भाइरस देखा पर्दा त्यहाँ हिउँद थियो। तर यस भाइरसले महामारीको रूप लिएपछि नेपालमा पहिलो पटक जाडो याम आउन लागेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च यूनिटका प्रमुख डा. शेरबहादुर पुनले अन्य भाइरल सङ्क्रमण जाडोकै बेला बढी हुने गरेको बताउँछन्। यदि अवस्था साँच्चिकै त्यस्तो हो र एउटा उत्कर्षबाट विस्तारै स्थिर सङ्क्रमण वा वृद्धिदर खस्किरहेको हो भने लगत्तै जाडोमा त्यो पुनः बढ्न सक्ने जोखिम हुन्छ।

महाशाखाका निर्देशक डा. पाण्डेले समुदायमा सङ्क्रमण गएका स्पष्ट सङ्केतहरू देखिएकाले जाडो याममा खासगरी जेष्ठ उमेर समूहका व्यक्तिहरूलाई सुरक्षित राख्ने चुनौती थप टड्कारो हुने बताउँछन् । यी समुदायमा सङ्क्रमण गएको भन्ने सङ्केत हो। ज्येष्ठ उमेर समूहमा मृत्युदर समेत उच्च पाइन्छ । नेपालमा कोरोना भाइरसको मृत्युदर ०.५७ रहे पनि उमेर समूह बढ्दै जाँदा त्यो ९ प्रतिशतभन्दा बढीसम्म पुगेको छ।

त्यसैले जाडो याममा झ्यालढोका थुनेर बस्ने यसअघिका अभ्यासको विकल्पका रूपमा कोठामा हावा आउजाउ हुने पूर्वाधार तयार पार्नुपर्ने विज्ञहरूको सुझाव पाइन्छ । सामान्य रुघाखोकीका बेला ज्वरो खासै उच्च भएको पाइँदैन।

प्रतिक्रिया दिनुहोस