असोज २५, काठमाडौं । विगत केही समय देखी भक्तपुर जिल्ला लगायत आसपासका ठाँउहरुमा विभिन्न अमेरिकी डलर देखाई १ करोड १५ लाख १० हजार बराबरको नगद ठगी गर्ने अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी, जगाती र अपराध महाशाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न गिरोहका १२ जना प्रतिवादीहरुलाई पक्राउ गरी ठगी मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको छ । साथै, घटनामा संलग्न अन्य प्रतिवादीहरुको खोजतलास कार्य भई रहेको प्रहरीले जनाएको छ ।