असोज २५, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले कृषकहरुलाई च्याउको विउ वितरण तथा तालिम प्रदान गरेको छ । आ.व. २०७७÷०७८ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकहरुलाई वडामै पुगि च्याउको विउ वितरण र तालिम प्रदान गरेको हो ।
गाउँपालिका कृषि शाखाबाट शाखा प्रमुख बासुदेव उपाध्याय सहितको टोलिबाट ८ वटै वडाहरुमा च्याउको विउ वितरण र वडा नं. १, २, ५, ६, ७ र ८ वडाहरुमा च्याउ खेतीको महत्व, उत्पादन प्रविधि सम्बन्धि तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव र कृषकहरुको उपस्थीति रहेको थियो ।