• २०८२ बैशाख २९ गते सोमवार

लघु कथा “तलाश”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : ४ मिनेट

जसरी भए पनि मेरो छोरी लाई खोज्न मद्त गरौँ हजूर त्यो बच्ची कहा होली ? कुन हालमा होली? भन्दै तेजे भाबुक हुन्छ । उस्को आँखा टिलमिल टिलमिल गर्दै आँसुका मोटा ढिका खस्छन।आफुले ओडेको गम्छाले आँखा तोप्छ।

बाउको मनता हो छोरी हराएको केहि महिना भैसक्यो उस्को अत्तो पत्तो थिएन। उनिहरुले छोरी कतै मरी ज्युँदो भएको भएता केहि जानकारी आउँथ्यो भनेका थिए। तर यही बेलामा केहि दिन पहिले एकजना कुनै लाहुरेले तिम्रो छोरी “फुलमति” लाई हामिले दिल्लिको बेश्यालयमा देखेका छौँ भनेर बुढालाई भनेपछि छाँगा बाट खस्याजस्तै भयो र तुरुन्तै उनि रुँदै चिच्चाउँदै भारत पसेका हुँन।

भारतमा उन्को आफ्नो भन्नु कोहिपनि त थिएन।मात्र उनि पहिले केहि बर्ष लाहूरमा बस्दाको अनुभव र एकता समाज छ भन्ने कुरा बुझेका थिए।त्यसैको भरमा उनि आफ्नो एक जोरा कपडा झोलामा राखेर बिदेश पसेका हुन । उनलाई समाजको विश्वास थियो किनकी समाजले गरेका राम्रा सामाजिक कामको बारेमा उनलाई ज्ञान थियो। त्यसैले कतै कसैलाई नभनी सिधै एकता समाजका जिम्मेवार साथिसँग भेट भएर आफ्नो गुनासो पोखेका हुन।

छोरी फुलमती अत्यान्तै चञ्चल स्वाभाबकि मिलनसार थिईन।उनि हराएको करीब तिन महिना भएको थियो । उन्को खुब खोज तलास गरेका थिए।जुन दिन उनकी छोरी हराईन त्यही दिन एकजना गाउँले युवा फुर्षे नाम गरेको पनि हराउँदा सबैलाई फुलमती पोईल गई भन्ने लाग्यो।र उस्लाई फुर्शेले नै लग्यो भन्नेपनि कानाखुसी हुनथाले। फुलमतीबाट उसका बाबा आमाले यस्तो उमिद राखेका थिएनन् । जब फुलमति भागी भन्ने लाग्यो उनिहरुले आज बाट त्यो छोरी हाम्रो लागि मरी भन्दै नखोज्ने निधो गरे।त्यो फुर्शे दलित जातको थियो । उनिहरु पाध्या बाहुन भएकोले गाउँघरमा बदनाम हुन्छ भन्ने डरले उनिहरु चुप्पै बसे।

तर फुर्षे सँग उस्का आफन्तिले सम्पर्क गर्दा उस्ले त्यो केटी नभगाएको भन्दै आफुले फुलमतीलाई बैनी जस्तै मानेको भन्यो।कथित जातियताले सडेको सँस्कार आफ्नो छोरी भन्दापनि त्यो बेला प्यारो लाग्यो। आमा र बा लाई।

छोराले त्यो गलति नगरेको त्यो कुरा उसैका बाबाले तेजेसँग घरै गएर भने पछि बल्ल तेजेको परिवारमा भएको गलत भ्रम हट्यो।

त्यसपछि बल्ल छोरीको बारेमा खोजबिन सुरु गर्नथाले। फुर्शेलाई बोलाएर उसैले दिल्लि खोजबिनमा मदत गर्ने आस्वासन दियो।फुर्शे अत्यान्तै मिलनसार युवा, दलित युवा नेता हो।उ निडर र प्रभाबसाली ब्याक्तित्व मध्यको हो। जब फुलमती हराई भन्ने उस्लाई जानकारी भयो आफ्नो बालाई उनका घरमा छिट्टै जान अनुरोध उसैले गय्रो र पछि आफै उनका आमा बा सँग गएर भेट्यो।
जसले फुलमतिलाई बेश्यालयमा देखे भनेको थियो उसलाई भेट गरेर वास्तबिक कुराको पत्ता लगायो।जसले फुलमतिलाई देखेको थियो त्यो त्यही बेश्यालयमा एउटा दलालको भान्छे काम गरेर भर्खरै आफ्नो घर गएको थियो।उसले फुर्शेलाई आफु नजाने तर पछिबाट सहयोग गर्न राजि भयो किन भने त्यो ब्याक्ति पनि त्यही गाउँले हो। उसलाई यसैले भनेको हो भन्ने थाहा पाएपछि ज्यानसम्म जाने डर पनि थियो।

समाजका कयौँ साथिहरुसँग सम्पर्क गरेर पुलिस प्रशासनसँग अनुमति लिएर उनिहरु भान्छेले भने जस्तै त्यो बिल्डिङमा पुग्छन।र एउटा दलाल सँग सम्पर्क साधेर ग्रहाकको रुपमा त्यँहा फुर्शेलाई पठाउँछन।

फुलमती लाई मालिकनीले बोलाउँछे, फुर्षेलाई उसको ग्रहाक भन्दै त्यो केटालाई खुसिसँग आफुसँग बसाल्न अह्राउँछे।फुर्शे ताई खानामा बसेको हुन्छ। यो काम फुर्शेको आफन्ति कुनै कोठामा दलालि गर्ने भएपनि उ एउटा उद्धार भावनाको ब्याक्तिको सहयोगले मात्र सफल हुन्छ।

फुलमति रुँदै बिलाप गर्दै त्यँहा यो आशमा पुग्छे कि उसको अगाडी हात जोडेर भएपनि आफुलाई यहाँबाट निकाल्न बिन्ति गर्ने उदेश्य लिएर फुलमति ताईखानामा पुग्छे।
उस्ले जब फुर्शेलाई देख्छे आफुलाई देवता मिलेको जस्तै महेशुर्ष गर्छे।उसलाई फुर्शेले चुप लाग्न र नबोल्न अनुरोध गर्छ आफ्नो उदेश्यको बारेमा बताउँछ।ढिलो नगरी तल ईसारा पाउन उभिएका पुलिसहरु र सामाजिक साथिहरुलाई संकेत स्वरुप रातो टर्च देखाउँछ।फुर्शेको ईसारा मिल्दा बित्तिकै सिबिल बर्दिमा आएको स्पेसल टिम कोठामा पुग्छन करीब दश जनाको टीमले त्यो कोठाबाट फुलमतिलाई निकाल्छन र कोठामा ताला लगाईदिन्छन।

त्यो कमला मार्किटको प्रशासन सहयोगमा स्पेसल टीम आउँछ।अनि त्यँहाबाट फुलमतीलाई आजाद गरिन्छ पछि फुलमतीलाई एउटा सामाजिक साथीले विवाह पनि गर्छन।फुलमती लाई उनै एकजना सक्रिय साथिले आफ्नो जिवन साथीको रुपमा स्विकार्छन। बाबा लाई आफ्नो छोरी मिल्छे, जस्को तलासमा कयौँ महिना सँग मर्दै र बिउँतिदै गरेका थिए।आखिरमा फुलमती एउटा इन्डियन ड्राईबरको प्रेममा फसेर त्यँहा सम्म त्यहि ड्राईबरले पुराएर आफु फरार भएको जानकारी हुन्छ।फुर्शेको र उसले अपनाएको एकता समाजको ठुलो प्रयासले गर्दा फुलमतीलाई नयाँ जिवन मिल्छ।

(यो कथा काल्पनिक हो यसको पात्र, ठाउँ र नाम सबै काल्पनिक हुन।कसैको निजि जिवनसँग मेलखान गएमा मात्र सञ्जोग हुनेछ।)

प्रतिक्रिया दिनुहोस