• २०८१ चैत्र १२ गते बुधवार

वक्तृत्व कलाः कोभिड-१९ले शिक्षामा पारेको असर

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५ मुगु । मुगुमा विहिबार कोरोना भाइरसबाट शिक्षामा पारेको असर सम्बन्धि वक्तृत्व कला सम्पन्न भएको छ । ग्रामीण सामुदायिक संस्था (जि.एस.एस) मुगुद्वारा सञ्चालित दलित छात्रवृद्धि सहयोग कार्यक्रम अन्तर्गत विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

२०६२ सालबाट जिल्लाका दलित विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गर्दै आएको संस्थाले यसपटक कोरोना भाईरसबाट बालबालिकाको शिक्षामा परेको असर सम्बन्धि वक्तृत्वकला प्रतियोगितको आयोजना गरेको जि.एस.एस मुगुका कार्यक्रम सुपरभाईजर धनबहादुर मल्लले बताउनुभयो । शिक्षा, स्वास्थ्य लगायतका पहुँचबाट टाढा रहेको दलित बालबालिकाको शैक्षिक गुणस्तर उकास्नका लागि कार्यक्रमको थालनि गरेका मल्लले बताउनु भयो ।

१२ जना विद्यार्थी सहभागि कार्यक्रमा रारा बहुमुखि क्याम्पसकि चन्द्रा विक प्रथम, सम्झना नेपाली द्वितीय, सपना सुनार तृतीय, माधन साकुलाल सान्त्वना आउनु भएको थियो । संस्थाले विजय भएकाहरुलाई संयुक्तस्मा पुरस्कार प्रदान गरेको थियो । संस्थाले दलित विद्यार्थिहरुका लागि वर्ष पिच्छे सरसफाईका सामग्री, स्टेशनरीका लगायत अन्य सामग्रीहरु प्रदानगर्दै आईरहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस