भाद्र २५ , काठमाडौँ । थप १२ सय ४६ जनामा कोरोना कोभिड १९ संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५० हजार ४ सय ६५ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जना कोरोना भाइरस पुष्टि भएको छ ।