भदौ २४, कास्की । नेपाल खानेपानी संस्थान, पोखरा शाखामा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्ले रु. २५,०००।– घुस सहित अख्तियारको नियन्त्रणमा परेका छन ।
नेपाल खानेपानी संस्थान, पोखरा शाखामा कार्यरत प्रशासन सहायक वाग्लेले सेवाग्राहीसँग खानेपानी उपभोग गरेबापत खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो ।
प्रशासन सहायक वाग्लेलाई सेवाग्राहीबाट पचीस हजार घुस लिएको अवस्थामा पोखरा महानगरपालिकाको ट्याक्सी चोक, बगर स्थित रेस्टुरेन्टबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।