भदौ २५, झापा । झापामा एकै घरका १० सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । नगर प्रमुख राजेन्द्र पोखरेलका अनुसार कनकाई नगरपालिका-३ स्थित एक घरका सम्पूर्ण सदस्यमा कोरोना पुष्टि भएको हो ।
१४ वर्षको नातिदेखि ८४ वर्षकी हजुरआमालाई कोरोना पुष्टि भएको छ । नगरप्रमुख पोखरेलले अस्पतालमा रहेकाका लागि पनि आवश्यक सामग्री पठाइएको बताए । उक्त नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।