भदौ २५, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ७९ हजार ७०६ कोरोना संक्रमित थपिएका छन् । भारतमा हालसम्म ४३ लाख ७० हजार १२८ जनामा कोरोना संक्रमण देखिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७३ हजार ८९० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ११५ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।