• २०८२ जेष्ठ २ गते बिहिवार

बलात्कारको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, जनकपुर । गत भदौ २० गते ती बालिकालाई ललाइफकाइ आफ्नो पसलमा बोलाइ छतमा लगेर मुख थुनेर बलात्कार गरेको आरोपमा लक्ष्मिनियाँ गाउँपालिका २ सिनरजोडा बस्ने बद्रीनाथ साहलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

बलात्कार गरेर फरार भएका साहलाई महोत्तरीको मठियानीमा लुकिछिपी बसेको अवस्थामा बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय, धनुषाको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस