• २०८० चैत्र १४ गते बुधवार

त्रिवेणी गाउँपालिकाको विपद व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार रुपैँया बढी सहयोग

प्रतिज्ञा बुढामगर पढ्न लाग्ने समय : १ मिनेट

रोल्पा, २६ साउन । रोल्पामा त्रिवेणी गाउँपालिकाकाे  एक विद्यालयले गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ७० हजार रुपैँया बढी सहयोग गरेको छ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको बिरेन्द्र माध्यमिक विद्यालयले गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ७० हजार १ सय ५ रुपैँया सहयोग गरेको हो ।

विद्यालयका प्रधानाध्यापक बरमान बुढा मगरले गाउँपालिका अध्यक्ष शान्तकुमार वली, प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी, वडा नम्बर ६ का अध्यक्ष लेखमनी डाँगी, शिक्षा अधिकृत अमृता बुढाथोकी लगाएतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

प्रधानाध्यापक बुढाले आफुले लिदै आएकाे रु ६ हजार समेत गाउँपालिकाको विपद व्यवस्थापन काेषमा सहयोग गर्नुभएको हो । प्रधानाध्यापक बुढाले विपद बाजा बजाएर नआउने भएकाले पुर्वतयारी आवश्यक रहेको बताउनुभयो । विद्यालयले पनि विपदमा परेका नागरिकलाई सहयोग पुगोस भनेर गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको उहाँको भनाई छ ।

गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले नगद सहयोग गर्ने विद्यालय र विद्यालयका प्रधानाध्यापकलाई धन्यवाद दिनुभयाे । उहाँले विद्यालयले विपद व्यवस्थापन कोषमा सहयोग रकम हस्तान्तरण गर्नु उदाहरणिय काम भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस