• २०८१ असार ९ गते शनिवार

खोला भन्दा पुल तल, पुल माथिबाट खोला वग्छ

भावना हमाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण २६, दैलेख । दैलेख सुर्खेत सडकखण्डको विचमा रहेको लुवाखोलामा निर्माणाधिन सडक पुल देखेर सवै अचम्ममा पर्ने गरेको छन । खोला वगेको सतह भन्दा तल पुल निर्माण हुदाँ प्राविधिकको गल्तिको कारण उक्त पुलको माथिबाट वर्षादको समयमा खोला वग्ने गरेको छ । सडक भन्दा निकै तल र वर्षातको समयमा लुवा खोलामा पानीको मात्रा वढन थालेपछि पुलको माथि भएर पानी वग्ने गरेको छ ।

त्यस बाटो बाट भएर हिडने यात्रु, सवारी चालकहरु अचम्ममा पर्ने गरेको छन । तीन वर्ष अगाडि निर्माण शु्र गरिएको सडक पुल २५ मार्च २०१९ मा सम्पन्न भईसक्नु पर्नेमा हाल सम्म पनि निर्माण सम्पन्न भएको छैन । स्थानीय भौगोलिक वनावट नहेरेर काठमाण्डौमा वसेर डिजाईन गरिएको कारण यस्तो गल्ति हुन सक्ने गुरास गाउपालिकाका वासिन्दा पदम मल्ल सहित उक्त बाटो भएर यात्रा गर्ने सवैको गुनासो रहेको छ । स्थानीयहरुको भनाई अनुसार वर्षादमा उक्त पुल भन्दा माथिबाट खोलाको पानी वग्ने गरेको छ ।

सडक सम्म पुलको उचाई पुराउने हो भने पुलमा एक तला थप्नु पर्ने देखिन्छ । हरेक वर्ष दैलेख देखि सुर्खेत, नेपालगंज, काठमाण्डौ लगायतका अन्य जिल्लामा जानका लागि उक्त सडक भएर जानुपर्ने हुन्छ । ठाडोखोला भएको कारण पानी परेपछि खोलामा ठुलो ठुलो ढुंगा वगाएर ल्याउने भएकोले खोला तर्न सकिदैन र बाटो वन्द हुने गरेको छ ।

 

गुरास गाउँपालिकामा अवस्थित लुवाखोला पुलको कारण दैलेखीहरुले हालसम्म दुःख पाउदै आउनु परेको छ । वर्षात शुरु भएपछि काम गरेको जस्तो गर्ने र केहि समय पछि काम वन्द हुने गरेकोले पनी हालसम्म पुल सम्पन्न हुन सकेको छैन । दैलेखबाट बाहिर जिल्ला जानका लागि अन्य सडक बाटो नहुदा वर्षात शुरु भएपछि लुवाखोलाले ढुंगा, मुडा वगाएर सडक नै वगाउने भएर अवरुद्ध हुने गरेको छ ।

निर्माणाधिन लुवाखोलाको सडक पुलको निर्माण रसुवा ईलाईट सुर्य जेभिले गरिरहेको छ । कम्पनीले सन २०१७ मा निर्माणका लागि सम्भmौता गरेको हो । दैलेख सुर्खेत सडकखण्डको जिरो पोईन्ट देखि तल्लो डुगेश्वरसम्म जाने सडकको रतिखोलामा पनी भौगोलिक वनावट अध्ययन नगरेर डिर्जाइन गरिएका पुल निर्माण हुदै गर्दा खोलाले क्षति पुराएपछि पुन प्राविधिक अध्ययन शुरु गरेर काम अगाडि वढाईरहेको छ ।

दैलेखको भौगोलिक क्षेत्र भित्र पर्ने कर्णाली राजमार्गहरुमा पनि प्रयाप्त प्राविधिक अध्ययन नगररेर सडक पुलहरु लामो समय देखि शुरु भएर काम सम्पन्न नभएर वनेको आधा वनेका कामहरु समेत जिर्ण हुदै गईरहेको छन । कम्पनीले प्याकेज १ मा लोहाखोला, रतीखोला, माटेखोला, लाम्चुडिखोला र पातले खोलामा निर्माण गरिने सडक पुलको लागि १६ करोडको सम्झौता गरेको थियो । विश्ववैंक र संघिय सरकारको लगानीमा ती पुलहरु निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस