• २०८१ पुष २९ गते सोमवार

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६ रौतहट । फतुवा बिजयपुर नगरपालिका १ गम्हरिया बस्ने २३ वर्षीय नबिन कुमार यादबको साथबाट नगद ५० हजार रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा मौलापुर नगरपालिका ३ बस्ने २५ वर्षीय राकेश राय यादबलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

नबिन कुमारले फतुवा बिजयपुर नगरपालिका ५ सन्तपुरस्थित आइएमईबाट उक्त नगद निकाली घरतर्फ जाने क्रममा गम्हरियास्थित नहरको नजिकमा बिआर  ५ क्यू  ३७७ नम्बरको मोटरसाइकल चालक राकेश राय यादब र मोटरसाइकलमा सवार १८ वर्षीय किशोरले नबिनको साथबाट उक्त नगद लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले लुटपाटमा संलग्न राकेशलाई मोटरसाइकल सहित पक्राउ गरेको हो ।

साथै नगद सहित फरार रहेका किशोरको प्रहरीले खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस