• २०८१ असार ९ गते शनिवार

बाढीले रुवायो चिनियाँ किसान, खाद्यान्‍नको मूल्य बढ्ने चिन्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण २६,एजेन्सी । चीनमा यस वर्ष धान भित्र्याउने समय हुँदै थियो । तर, बाढीले गर्दा सबै सखाप बनाएको छ । दक्षिणी चीनको पोयाङ तालमा पानी अत्यधिक हुँदा आएको बाढीले ३६ एकडको जमिनमा रहेको धानबाली बगाएको छ ।”यस वर्षको खेतीबाली सबै बगायो,” स्थानीय किसा बाओले भने,”धान पाकिसकेको थियो र भित्र्याउने तयारीमा जुट्दै थियौं । तर, बाढीले केही बाँकी राखेन ।”

यस वर्षको बाढीले करिब उनको २८ हजार अमेरिकी डलर अर्थात २ लाख युआन बराबरको क्षति गरेको छ । जियाङसी प्रान्तमा गत महिना पोयाङ तालमा अत्यधिक पानीको बहाव भएपछि हजारौं यकडको धानबाली बगाएको हो । मुलुकको ७० प्रतिशत धान उत्पादन हुने क्षेत्रमा आएको भिषण बाढीले निकै ठूलो क्षति गरेको छ ।

वर्षासँगै आएको बाढीले धानबाली मात्र बगाएन यस वर्ष उक्त भूमिमा केही उब्जनी नहुने गरी जमिन बगरमा परिणत भएको छ । “जमिनमा अहिले पनि पानी बगिरहेको छ,”बाओले भने, “यस वर्ष यस जमिनमा केही पनि उब्जनी हुनसक्दैन ।”

चिनियाँ विपद्‌ व्यवस्थापन मन्त्रालयले २१ बिलियन अमेरिकी डलर बराबरको क्षति भएको विवरण सार्वजनिक गरेको छ । बाढीले खेतबारीसँगै सडक र अन्य भौतिक पूर्वाधारहरुमासमेत क्षति पुर्‍याएको छ ।

यस वर्षको बाढीले करिब ५५ मिलियन किसानहरु प्रभावित भएका छन् । कोरोना भाइरसको महामारीले तहसनहस भएको विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा यस वर्षको बाढीले ठूलो क्षति पुर्‍याएको हो । उक्त क्षेत्रमा धानबाली बगाएपछि यस वर्ष खाध्यान्‍नको मूल्य निकै बढ्नेमा किसानहरु चिन्तित बनेका छन् । उनीहरुले भोकमरीको स्थिति आउनसक्नेसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस