श्रावण २६,एजेन्सी । इमरान खान सरकारले काश्मीरका विषयमा ओआईसीमा राखेको भारतविरुद्धको प्रस्ताव अस्वीकार गरेको भन्दै ओआईसी विभाजन गर्ने धम्की दिएपछि साउदी अरेबियाले पाकिस्तानलाई ऋणमा दिँदै आएकव तेल बन्द गरेको छ । चरम आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले साउदी अरबबाट सन् २०१८ मा ६.२ बिलियन अमेरिकी डलर ऋण लिएको थियो । जसअन्तर्गत ३.२ बिलियन अमेरिकी डलर बराबरको तेल उपलब्ध गराउने जनाइएको थियो ।
उक्त प्रावधान दुई महिना अघि सकिए पनि साउदी अरबले तेल उपलब्ध गराउने सम्झौता नविकरण नगरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले लेखेका छन् । यसअघि पाकिस्तानले एक बिलियन साउदी ऋण भुक्तानी गर्नुभन्दा चार महिनाअघि फिर्ता गरेको थियो ।
पाकिस्तानी विदेश मन्त्री मोहम्म क्वेरेसीले साउदी अरेबियाले काश्मीरको वियमा ओआईसीको परराष्ट्रमन्त्रीको स्तरको सम्मेलन नबोलाएमा प्रधानमन्त्री इमरान खानले आफू समर्थित इस्लामिक मुलुकहरुको छुट्टै संगठन बनाउने चेतावनी दिएका छन् । ओआईसीमा अधिकांश मुलुकहरुले काश्मीर भारतको आन्तरिक मामिला भएकोले त्यसमा हस्तक्षेप नगर्ने बताइसकेका छन् ।