श्रावण २६,एजेन्सी । चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेमाथि अमेरिकी प्रतिबन्ध पछि स्मार्टफोनको प्रोसेसर चिपको अभाव हुन थालेको छ । हुवावे कम्पनीका कार्यकारीले नै यसको ‘एडभान्स चिप’ उत्पादन बन्द गर्न आग्रह गरेका छन् । अमेरिकी दबाबका कारण हुवावे ठूलो क्षति भएको भन्दे हुवावेका कार्यकारीले यस्तो आदेश दिएका हुन् । हुवावे विश्वको एक बृहत स्मार्ट फोन र नेटवर्क उपकरण उत्पादक कम्पनी हो । अमेरिका-चीन तनावका कारण प्रविधि र सुरक्षामा चुनौती थपिएकोले यसमाथि प्रतिबन्धहरु लगाउन थालिएका छन् ।
यससँगै चिनियाँ एप टिकटक र म्यासेजिङ सेवा विच्याटमा पनि प्रतिबन्ध लगाउने क्रम बढिरहेको छ । अमेरिकाले अमेरिकी कम्पोनेन्ट र प्रविधिमा हुवावेलाई प्रतिबन्ध लगाएको छ भने स्मार्टफोनमा गत वर्ष नै प्रतिबन्ध लगाएको हो । त्यसैगरी मे महिनामा अमेरिकी प्रविधिमा हुवावेलाई रोक लगाएको हो । त्यसैगरी हुवावेले उत्पादन गर्ने किरिन चिपको उत्पादन सेप्टेम्बर १५ बाट रोकिने भएको छ ।
कम्पनी कन्जुमर युनिटका प्रमुख रिचार्ड युले भने, “यो हाम्रा लागि निकै ठूलो नोक्सा हो । दुर्भाग्यवश अमेरिकाको दोस्रो चरणको प्रतिबन्धले हाम्रो चीको माग मे १५ सम्म मात्रै रहेको छ । यसको उत्पादन सेप्टेम्बर १५ मा रोकिने छ । सम्भवत: किरिन चिप जेनरेसनको यो अन्तिम वर्ष हुनेछ ।”
“अब हुवावेका लागि किरिन चीनको उत्पादन र वितरण हुनेछैन,”उनले भने । हुवावेले जासुसी गरेको भन्दै अमेरिका बेलायतजस्ता मुलुकहरुले यसको उत्पादनमाथि प्रतिबन्ध लगाएको छ ।