श्रावण २६,एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले इरानमा चिनियाँ प्रवेशले मध्यपूर्णमा अस्थिरता निम्त्याउने जनाइएको छ । “इरानमा चिनियाँ प्रवेशले मध्यपूर्वलाई अस्थिर बनाउँछ । इरान अहिलेसम्मकै सबैभन्दा बढी आतंकवादको प्रायोजक मुलुक हो र हतियार प्रणाली र वाणिज्यमा पहुँच र चिनियाँ कम्युनिष्ट पार्टीबाट प्रवाह भएको लगानीको मात्राले त्यस क्षेत्रलाई जोखिमपूर्ण बनाउँछ,” पोम्पेओले भने ।
उनले पछिल्लो समय धार परिवर्तन भइरहेको र समान विचारधाराका देशहरू चीनको आक्रमणको सामना गर्नसँगै उभिएको बताएका छन् । “नयाँ संरचनाको धार परिवर्तन हुँदैछ । विश्वभर, चिनियाँ कम्युनिष्ट पार्टीबाट खतरा स्पष्ट र प्रस्ट हुँदै गइरहेको छ र समान विचारधारा भएका राष्ट्रहरू एक ठाउँमा भेला हुन थालेका छन र सन्तुलनको लागि चीनविरुद्ध पछि बढ्न, हाम्रो स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्न आवश्यक छ,” पोम्पिओले भने ।