श्रावण २६ , कैलाली । वर्षासँगै आएको बाढीका कारण कैलालीमा एक जना पुरुष बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार महोन्याल गाउँपालिका –३ पिपल खेतका ५४ वर्षीया दानबहादुर विष्ट बगेर बेपत्ता भएको हो ।
आइतबार गाउँपालिकामा रहेको गेदान खोला तर्ने बेला विष्टलाई बगाएर लगेको र उनको खाजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।