• २०८० चैत्र १६ गते शुक्रवार

भारतीय प्रधानमन्त्री मोदीद्वारा हिन्दुत्वको एजेण्डा प्रबर्द्धन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २६,नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार रामको जन्मभूमि अयोध्यामा १३५ विभिन्‍न धार्मिक नेताहरुका साथमा हिन्दू संस्कार अनुसार भव्यरुपमा राम मन्दिरको शिलान्यास गरेका छन् । आइतबार कोभिड-१९ पोजेटिभ देखिएका गृहमन्त्री अमित शाहसँग मन्त्रिपरिषद्को बैठकमा भाग लिएको केही दिनपछि मोदीको उक्त समारोहमा उपस्थिति भएका हुन् । भारतमा कोरोना भाइरस संक्रमणको बढ्दो वृद्धिसँग लडिरहेका बेला भारतमा थप अरु संक्रमित पर्नसक्ने चिन्ता बढाइएको छ ।

illustration of Tricolor Indian Flag background for Republic and Independence Day of India

यहीबीचमा भारतीय प्रधानमन्त्री मोदीले अयोध्या पुगेर राम मन्दिर शिलान्यास गरेका हुन् । अगस्त ५ मा भारतले धारा ३७० खारेज गरेको पहिलो वार्षिकोत्सवको संयोग पारेर भारतीय प्रधानमन्त्री मोदीले हिन्दुहरुको आस्थाको केन्द्र अयोध्यामा राम मन्दिर निर्माणका लागि शिलान्यास गरेका हुन् । काश्‍मीरमा आतंकवाद बढ्दै गएपछि भारतीय प्रधानमन्त्री मोदीले आतंकवाद रोकेर जम्मु काश्‍मीरमा समृद्धि र विकासका लागि धारा ३७० खारेज गरेको थियो । एक वर्षपछि हिन्दुहरुको उत्थान र हिन्दुत्वको प्रबर्द्धनका लागि मोदीले राम मन्दिरको शिलान्यास गरेका छन् ।

सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री निर्वाचित भएका मोदीले सन् २०१९ मा दोस्रो पटक निर्वाचित भएका छन् । उनले यस कार्यकालमा हिन्दुत्वको एजेण्डालाई जबरजस्तरुपमा उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस