• २०८१ माघ ११ गते शुक्रवार

चीनमा फैलियो बुबोनिक प्लेग, मंगोलिया क्षेत्र सिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण २६,एजेन्सी । बुबोनिक प्लेगबाट स्थानीयको मृत्यु हुन थालेपछि चिनियाँ अधिकारीहरुले गाउँ नै सिल गरेका छन् । मृत्यु भएका व्यक्तिलाई बिहीबार बुबोनिक प्लेग हो भन्‍ने कुरा पत्ता लागेपछि देशको भित्री मंगोलिया क्षेत्रमा पर्ने गाउँलाई सिल गरिएको छ । बउचोउ नगर स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्ति अनुसार ती व्यक्तिको मृत्यु बउचोउ सहरमा भएको हो । उक्त विज्ञप्तिका अनुसार ती व्यक्तिलाई रक्त सञ्‍चार प्रणालीमा गडबडीका कारण मृत्यु भएको बताएको थियो । तर, पछि उनलाई बुबोनिक प्लेग भएको खुलेको हो । उनलाई कसरी बुबोनिक प्लेग भयो भन्‍ने विषयमा केही खुलाइएको छैन । चीन सरकारले कोरोना महामारी नियन्त्रण गर्न नसक्दा विश्‍वभर फैलिएको भन्‍ने आलोचना भइरहेका बेला अहिले तत्काल नै सिल गर्ने अभियान सुरु गरेको हो । स्थानीय सबैको जाँच गर्दा रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ ।

 

प्रशासनले हाल ३५ जनालाई निगरानीमा राखेको छ भने बुबोनिक संक्रमण भएको एकजनालाई क्‍वारेन्टाइनमा राखेको छ । त्यसैगरी नजिकैको दामाओ ब्यानर जिल्लामा रहेका गाउँहरुलाई लेभल-३ अलर्टमा राखिएको छ । जुलाईको सुरुआतमा बुबोनिक प्लेगकव दोस्रो केस फेला परेको थियो । यद्यपि पहिलो प्लेगको संक्रमित बाँच्‍नसक्ने सम्भावना बढेको छ ।

विश्‍व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार हरेक वर्ष एकदेखि दुई हजार मानिसहरुक प्लेगबाट मृत्यु हुनेका छन् । पछिल्लो समय चीनमा फेला परेको बुबोनिक प्लेगका विषयमा विश्व स्वास्थ्य संगठनले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस