साउन २६,काठमाडौँ । खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुबाट घुस रकम उठाएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले नेपाल खानेपानी संस्थानको बुटवलस्थित कार्यालयका प्रमुख इन्जिनियर सन्तोष साहलाई नियन्त्रणमा लिएको हो ।आइतबार संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौं आउँदै गर्दा धादिङको धुनिवेसी नगरपालिका वडा नम्बर ८ स्थित खानीखोलाबाट उनी पक्राउ परेका हुन् ।
गाडी चेक जाँच गर्ने क्रममा निजको साथबाट श्रोत नखुलेको नगद रकम दुई लाख तेत्तीस हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख बाइस हजार बराबरको रकम फेला परेको र लगत्तै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाइएको छ ।