• २०८१ माघ ८ गते मङ्गलवार

बाजुरामा बाढी पहिरोले ठुलो क्षती, जडाङ्गामा रहेको बेलीब्रिज पनी बगायो

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २६, बाजुरा । आईतबाार रातिको अबिरल बर्षसंगै आएको खोलाले साफे मार्तडी सडक पर्ने जडाङ्गामा रहेको बेलीब्रिज बगाएको छ । साफेँ मार्तडी सडक अन्तरगत बुढिगंगा नदिमा बनाएको बेलिबिज्र हिजो रातीको बर्षाले बगाएको प्रहरीले जनाएको छ ।

त्यो संगै बुढिगंगा नदिको बहाफ निकै बढेको स्थानीयहरुले बताएका छन । बाजुरा जिल्लामा सडकमा यो बर्ष निकै क्षेती पुर्याएको छ । बाजुराको बुढीगंगा नदिमा आएको पानीको बहावका कारण घागर, भौनेरा, रापक लगाएत तटिय क्षेत्रका सबै बस्तीमा ठूलो क्षेती भएको छ । उद्धारटोली सम्बन्धित स्थानमा जान सकेको छैन । बुढीगंगा नदिमा भएका झुलङ्गे पुलहरु बगाएका छन् । साँफे मार्तडी सडक खण्ड जोड्ने बुढीगंगा नदिमा भएको बेलिबिज्र बगाएको छ । स्थानिय ज्यान जोगाउन भागदौड गरिरहेका छन् । दशकौं पछि बुडीगंगान नदिमा यतिठुलो बहाव आएको छ ।

जिल्लाबाट राती ३ बजे हिडेको टोली बिजुुली पावरहाउस नजिकको पहिरोका कारण जान नसकेको बताइएको छ । ससस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राती ३ बजे सदरमुकामबाट गएको भएपनी सदरमुकाम नजिकै सेलाघाटको पहिरोका कारण अगाडी बढ्न नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस