• २०८१ माघ ८ गते मङ्गलवार

पानीमा रुज्दै प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजिनामा मागेसँगै स्वतस्फूर्त निश्किएका स्वतन्त्र युवा तथा महिलाहरुले काठमाडौँको माइतिघरमा आज बृहत प्रदर्शन गरेका छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले स्थायी कमिटीको बैठकमा ओलीको राजिनामा मागेसँगै ओलीको समर्थनमा देशभर लाखौं युवाहरु सडकमा उत्रिएका हुन ।

आज भएको कार्यक्रममा प्रदर्शनकारीले प्रधानमन्त्री ओलीकै कारण भारतीय हेपाहा तथा विस्तारवादीको मुटु हल्लीएको बताउँदै ओली कै कारण भारतीय नेतृत्व तथा मिडिया बौलाई सकेको समेत जनाए ।

जनताको जनमतलाई लत्याउँदै प्रधानमन्त्री ओलीको राजिनामा माग्नेहरु भारतीय एजेन्ट तथा गोटी भएको उल्लेख गर्दै प्रदर्शनकारीले आजलाई फिल्मको कास्टीङ देखाएको र पुनः ओलीलाई राजिनामा दिन दवाव दिए जनताले पुरै फिल्म देखाई दिने चेतावनी दिए । अबका दिनमा देशभर लाखौं जनताले आन्दोलनको ज्वालामुखी नै निकाल्ने चेतावनी दिँदै प्रदर्शनकारीले भारतीयलाई नेपाल प्रवेशमा रोक लगाउने समेत चेतावनी दिए ।

प्रधानमन्त्री ओली कै कारण भारतको राष्ट्रिय राजनीतिमा भुकम्प गएको उल्लेख गर्दै भारतकै ग्राण्ड डिजाईनमा ओलीलाई हटाउन खोज्नु राष्ट्रियता विरोधी गतिविधि भएको समेत बताए । भारतले नेपालका केही नेतालाई उधारो चेक दिएर पार्टी फुटाउने कोसिश गरेको बताउँदै कार्यक्रममा स्वतफूर्त रुपमा सयौंको संख्यामा रहेको प्रदर्शनकारीले नेपालका भारतीय दलाल मुर्दावाद, सत्य मेव जायते की सिंह मेव जयते, प्रधानमन्त्री ओली आजको लागि हैन, भोलीको लागि, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, राष्ट्रिय स्वाधिनताको विरोधी होसियार, मान्छेको सान बोलिले, नेपालको सान ओलीले, सरकार फेर्न खोज्ने भारतीय मतियार जनता जाग्दैछन् होसियार, नागरिकता विधेयक पारित गर, देश बेच्न पाइदैन, ओली फाल्न पाईदैन, भारतीय दलाल होसियार, राजनीतिक स्थिरता कायम गर, बैदेशीक हस्तक्षेप वन्द गर, ‘भारतीय दलाल होसियार’, आई एम विथ केपी ओली जस्ता नारा लगाएका थिए ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस