लामो समयदेखि छिमेकी देस भारतसंग नेपालको रोटी बेटीको साइनो भनिन्छ तर बेला बखत विभिन्न समस्याहरुलाई लिएर बखेडा पर्नु सामान्य जस्तै भएपनि दुई देसको आर्थिक, सामाजिक तथा राजनीतिक फाँटमा पनि यसले नराम्रो असर परेको देखिन्छ । भारतसंग नेपालको सदियौदेखिको मित्रता भएतापनि ठूलो र धनी देस भएको कारणले नै नेपालप्रतिको हेपाह प्रबृतीको दम्भ भने भारतले त्याग्न सकेको छैन न त बेला बखतको राजनीतिक घटनामा नेपालका केही नेताहरु केही न केही बहानामा समर्पित हुन छोडेका छन ।
प्रसङ्ग हाल मात्र केही दिनदेखि नेपालको आन्तरिक मामला खासगरी लिम्पियधुरा नेपालको नक्सामा राखिएको विषयलाई लिएर भारतीय मिडीयाहरुमा व्यापक हङेगामा मचिएको छ । अहिले कोरोनाको कहरले विस्वलाई आतंकित पारिराखेको छ । भारतमा त झन यसको बृद्दिदर तीब्र हुदैछ । त्यस्तै नेपालमा पनि यसको नकारात्मक असर परिराखेको छ । उसै त गरिब देस झन प्राकृतिक बिपत्तीको बेला सबै दल , समुदाय, नागरिकहरु एक भइ अगाडि बढ्नुपर्ने अनिवार्य हुन्छ अन्यथा ”भाइ फुटे गवार लुटे” भनेजस्तो हाल नक्सांकनको विषयमा एक भएका नेपालका विभिन्न पक्षहरुसंग भारत तर्सिरहेको बेला फेरि सरकार र सत्तारुढ दलभित्र केही आन्तरिक समस्याहरुबारे छलफल हुदैं गर्दा भारतीय न्युज च्यानलहरुले नेपाल सरकार, नेपालका प्रधानमन्त्री र चिनियाँ राजदुतको विषयलाइ लिएर अनर्गल तथा आधारहीन प्रचारबाजी गर्दै सरकारको आयु बारेमा समेत बारम्बार तर्कहीन र आधारहीन कुराहरु न्युज च्यानलमार्फत प्रसारण गरेकोले नेपाल सरकारले बाध्य भएर दूरदर्सनबाहेक भारतीय न्युज च्यानल सबैमा प्रतिबन्द लगाएको छ ।
यसको टीका टिप्पणी विभिन्न समाचार माध्यमहरुले गरिरहेका छन । जस्तै आजको विभिन्न राष्ट्रिय दैनिकलगायत अन्य समाचार माध्यमहरुमा सीमा नाघ्दै भारतीय मिडिया (नागरिक दैनिक), भारतीय मिडियाको दुष्प्रचारप्रति नेपालको आपत्ति (कान्तिपुर दैनिक) आदि आदि । यसै सन्दर्भमा गोरखापत्रका प्रधान सम्पादक गोपाल खनाल भन्छन -”असान्दर्भिक कन्ट्यैनहरु, पितपत्रकारीता, तथ्यमा नभइ तर्कमा आधारीत , पत्रकारीताको सिद्दान्तभित्र नपर्ने , नेपाल बिरुद्दको नियोजित आक्रमण ।” तसर्थ पत्रकारीताको मूल मन्त्र बस्तुनिष्ठा , निश्पक्षता र विस्वासनियतामाथि धावा बोल्दै तर्क र तथ्यहीन समाचार कुनैपनि देसका नागरिक तथा सरकारप्रमूखमाथि खन्याइदा सायद जो कोहिलाई पनि सह्य हुदैन ।
यसरी कुनैपनि घटना विवरणहरु विभिन्न माध्यमबाट सम्प्रेषण गरी जनताको नजर र कानमा पुर्याउने सम्बाहक नै मिडिया हुन । मिडियाले दिएका समाचारहरु सबै सत्य र तथ्यमा आधारित हुदैनन । प्रायः मिडियाले तर्कका आधारमा समाचार प्रेषित गरिदियो भने समाजमा भाडभैलो मच्चिनु अस्वाभाविक होइन । त्यहि पनि राष्ट्रियताको मामलामा आँच आउने गरी भारतीय मिडियाहरुले प्रसारण गरेका तथ्यहीन समाचारहरुमा सत्यता नदेखिएकोले नै नेपाल सरकारले बाध्य भएर भारतीय मिडियामाथि प्रतिबन्द लगाएको हो ।
यस सम्बन्धमा एक स्वतन्त्र रास्ट्रमाथी ठूलो राष्ट्र भएकै कारणले अनर्गल कुराहरु प्रसारण गरी मिडिया धावा बोल्नु कत्तिको उचित हो त्यो त समयले बताउने नै छ तैपनि यिनिहरुको नेपालमाथिको दादागिरी बन्द गर्नुपर्ने नै देखिएकोले दूरदर्शनबाहेक अन्य न्युज च्यानल बन्द गर्न नेपाल सरकार बाध्य भएको हो । अब नेपाली मिडियाबाट पनि सत्य तथ्यगत आधारमा समाचार सम्प्रेषण गरिनुपर्छ अनि मात्र समाज वास्तविक तथ्यसग नजिक हुन पुग्छ र हाम्रो जमीनमाथिको भारतीय रवैया बिरुद्दमा सबै नेपाली एक हुनुपर्ने आजको आबस्यकता पनि खड्किएको छ ।