• २०८२ बैशाख ४ गते बिहिवार

घोडाघोडीमा बिवादमा रहेको वडा कार्यलय भवन शिलान्यास

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

असार २५, कैलाली । बिवादमा रहेको कैलालीको घोडाघोडी नगरपालिका वडा न. ६ को वडा कार्यलय को भवन शिलान्यास गरिएको छ । वडाका सम्पूर्ण नागरिकलाई सहजता हुने गरि वडा न ६ बसन्ता गाउँमा वडा कार्यलयको शिलान्यास गरिएको छ।

 

निर्माण बिषयलाइ लिएर करिब एक बर्षसम्म शिलान्यास नहुन सकेको वडा कार्यलय वडाका जनप्रतिनिधि र वडाका नागरिक संक्रयितामा वडाको भवन सोहि ठाउँमा निर्माण हुन लागेको बताइएको छ। उक्त शिलान्यास कार्यक्रम प्रदेश सभा सदस्य अम्मर सांउद, ने.क.पा का जिल्ला सदस्य तथा नि बर्तमान क्षेत्रिय अध्यक्ष मेघ बहादुर साउद, वडा अध्यक्ष बिनोद बिक, नगर सदस्य रति कामि लगायतको सहभागीता रहेको थियो।

वडा कार्यलय उपयुक्त ठाउँमा निर्माण हुँदा वडाका नागरिक खुसी भएका छन। कार्यक्रममा करिब वडाका ५०० नागरिक उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस