• २०८१ जेष्ठ ११ गते शुक्रवार

समाचार लेखेकै भरमा खबर 24 नेपाल जाजरकोट जिल्ला समाचारदाता माथी हातपातको प्रयास

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २५, जाजरकोट । समाचार लेखेकै भरमा खबर 24 नेपाल जाजरकोट जिल्ला समाचारदाता रेशम बहादुर खड्कालाई पूर्व युवा संघ जाजरकोटका संयोजकले हातपातको प्रयास गरेका छन । पूर्व युवा संघ जाजरकोटका सयोजक दिपेन्द्र शाहीले समाचार प्रति आप्पती जनाउदै हातपातको प्रयास गरेका हुन ।

युवा संघ जाजरकोट सयोजक शाही निलम्बित शिर्षकको समाचारलाइ लिएर शाहीले हातपातको प्रयास गरेका थिए । भेरीमालिका दैनिकका कार्यकारी सम्पादक समेत रहेका खड्कालाइ शाहीले हातपातको प्रयास तथा गालिगलोज गरेको खड्काको भनाइ छन । जिल्लाको गैरीखालिदेखि ठाटि बजार जाने क्रममा शाहीले शान्तिचौतारमा रोकी अबद्र ब्यवहार गरेका हुन । समाचार लेख्न आउदैन ? तिम्रो यो कदमले राम्रो परिणम आउदैन ? लगायत अश्लीम शब्द प्रयोग गरी आक्रमणको प्रयास गरेका थिए । खड्का ठाटि बाट पत्रीकाको कार्यालयमा फकिर्दै गर्दा शाहीले बाटो कुरेर मोटरसाइकलको चाबि समेत थुतेका थिए । मोटरसाइकल बिच बाटोमा रोकेर शाहीले बिभिन्न अश्लील शब्द प्रयोग गर्दै पुन हातपातको प्रयास गरेको खड्काले जानकारी दिए ।

समाचार प्रति माफि माग्नु पर्ने शाहीको अडान थियो । शाहीको अडान अनुसार आफुले माफि नमागे पछि हातपातको प्रयास गरेको पत्रकार खड्काको भनाइ छ । शाही संगै आएका उनका भाइ शुसिल शाहीले समेत खड्काको तस्बीर खिच्ने देखि रेशम खड्का तै होस भन्दै खड्का लाइ अबद्र ब्यवहार गरेका थिए । शाहीले आर्थिक लेनदेनको बिषय भन्दै बिहिवार भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीको निवासमा पुगेर मोटरसाइकल तोडफोडको प्रयास गरेको नगर प्रमुखका भाइ भरत घर्तीले जानकारी दिए । पूर्व सयोजक शाही नगर प्रमुखको निवासमा पुगेर ढोका बन्द गर्ने देखि तोडफोड गर्न सम्मको हर्कत गरेको उनको भनाइ छ ।

आफु बिस दिन पछी युवा संघ जाजरकोटको सयोजकमा पुन दोहरीने दम्ब देखाउदै धम्की समेत दिएका थिए । शाहीले भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलाई गत बैशाख १३ गते हातपात गरिएका थिए । शाही सहितको एक समुहले प्रमुखलाई हातपात गरे संगै शाही संगठनबाट बर्खास्त समेत भएका छन ।

प्रतिक्रिया दिनुहोस