• २०७९ मङ्सिर १७ गते शनिवार

नगर प्रमुखको उपस्थितीमा जेष्ठ नागरिक सेवा केन्द्रलाई सामाग्री हस्तान्तरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २८, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालीका वडा नं. १ गागलफेदीमा अवस्थित नेप्लीज ओमेन सोसाइटीद्धारा सञ्चालित जेष्ठ नागरिक सेवा केन्दलाई लायन्स क्लव अफ काठमाण्डौ कागेश्वरी र लायन्स क्लव अफ काठमाण्डौ फेलोसिपले अत्यावस्यक सामाग्री सहयोग गरेको छ । दुई क्लवले संयुक्त रुपमा उपलब्ध गराईएको सहयोग सामाग्री नगर प्रमुख कृष्णहरी थापा र PDG Lion मधुकर उपाध्यायले सयुक्त रूपमा संस्थाका अध्यक्ष पुष्कर प्याकुरेल र सचिव गोकर्णमणि पुडासैनीलाई हस्तान्तरण गर्न भएको हो ।

लायन्स क्लव अफ काठमाण्डौ कागेश्वरी र लायन्स क्लव अफ काठमाण्डौ फेलोसिपले संस्थालाई १ थान Washing Machine तथा खाध्य सामग्री तरकारी सहयोग गरेको हो । कार्यक्रममा नगर प्रमुख थापाले नगरपालीकाको सहयोग रहने प्रतिबद्धता गर्दै आगामी दिनमा कार्ययोजना बनाएर आउन आग्रह गर्नु भएकाे थियाे । यस्तै PDG Lion मधूकर उपाध्यायले पनि अन्य सहयोग गर्दै जाने प्रतिबद्धता जाहेर गर्नु भएकाे थियाे ।

उक्त अवसरमा वडा अध्यक्षहरू मकुन्द गजुरेल, सुदर्शन धिमाल सहयोगीहातहरु लायन्स क्लब अफ काठमाण्डौ फेलोसिप परीवारका कृष्णज्योती साक्य, भरत प्रसाई,जीवन सिल्पकार, लक्ष्मी महत तथा कागेश्वरी क्लब परीवारका लायन मोहन अर्याल, लायन लक्ष्मी पौडेल, निराजन अर्याल, पुष्कर अर्याल, लायन मुकुन्द अर्याल, लक्ष्मण थापा ,श्याम प्रसाद अधिकारीको उपस्थिती रहेको थियो ।

सहयोगी हातहरूलाई सस्थाका तर्फबाट अध्यक्ष पुष्कर प्याकुरेल र सचिव गोकर्णमणि पुडासैनीले धन्यबाद ज्ञापन दिनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस