• २०८१ साउन १ गते मङ्गलवार

बलात्कारको अभियोगमा एक युवा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, नुवाकोट । नवाकोट प्रहरीले बलात्कारको किटानी जाहेरीको आधारमा एक युवकलाई पक्राउ गरेको छ । बलात्कारको अभियोगमा प्रहरीले शिवपुरस् गाउपालिका वडा नं. ५ बस्ने वर्ष २७ को जिवन श्रेष्ठलाई पक्राउ गरेको हो ।

नुवाकोट थानापती की वर्ष १६ की युवतीको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो । श्रेष्ठले जेठ २८ गते दिउँसो फोन गरि आफुले चलाउने गरेको प्रदेश नं. ३-०१००३ क ५८९७ को आईचर गाडी भित्र बस्न लगाई ढोका बन्द गरि डर देखाई करणी सम्बन्धी कसुर (जबरजस्ती करणी) गरेको जानकारी गराएको आधारमा प्रहरी अधिकृत सहितको टोली खटि जिबन श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई आज नुवाकोट जिल्ला अदालतबाट थप अनुसन्धानको लागी दिन १५को म्याद थप गरिएको छ । श्रेष्ठ उक्त आइचरको चालक रहेको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस