जेठ २८, काठमाडौं । आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू-भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू(भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानहरु साथै प्रदेश नं २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले राती प्रदेश १, प्रेदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू-भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानहरु साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ।
महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडिमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहि सामान्यतया नेपालको पूर्वी भु-भागमा आजकै दिन वा जुन-१० मा मनसुन सुरु हुने भएता पनि यस वर्ष नेपालमा मनसुन शुरु हुन अझ केहि दिन लाग्ने भएको छ। जसका प्रभावले हाल देशको बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश नं ५ का सबै भू-भागहरु लगायत प्रदेश १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडि भु-भागहरुमा र प्रदेश २ का पश्चिम तिरका भु-भागहरुमा सामान्य बदली रहेको छ भने बांकी भु-भागहरुमा आंशिक बदली रहेको छ। प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ।
महाशाखाले प्रदेश नं १, प्रेदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू-भागमा सामान्य बदली रही थोरै स्थानहरु साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहि का एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेकोले सबैलाई सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।