• २०८१ साउन ८ गते मङ्गलवार

भिम रावलजी विगतकाे अनुभवकाे आधारमा रचनात्मक सहयोग गर्नुस् : मुख्यमन्त्री पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २८, काठमाडौँ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै पार्टी भित्र रहेर आरोप प्रत्यारोप गर्नुभन्दा रचनात्मक भूमिका निर्वाह गरी सरकार तथा सदनलाई सहयोग गर्न डा. भिम रावललाई आग्रह गर्नुभएको छ ।

गृह, रक्षा तथा पर्यटन मन्त्रालयको जिम्मेवार सम्हाल्नुभएको समयमा हासिल गरेका अनुभवका आधारमा रचनात्मक सहयोग गरेको खबर सुन्न पाए खुसी अनुभुती हुने

डा. रावलले विगतमा आफु गृह, रक्षा तथा पर्यटन मन्त्रालयको जिम्मेवार सम्हाल्नुभएको समयमा हासिल गरेका अनुभवका आधारमा रचनात्मक सहयोग गरेको खबर सुन्न पाए खुसी अनुभुती हुने भन्दै मुख्यमन्त्री पोखरेल राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा वलियो एकता र सार्थक पहलको खाँचो रहेको औल्याउनुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा धारणा राख्दै भन्नुभएको छ, ‘विगतमा गृह, रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हानु भएका र सुदुरपश्चिम प्रदेसको इन्चार्ज समेत रहनु भएका कमरेड भिम रावलजीले कालापानी लगायत नेपाल भारत बीचको सिमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफुले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खवर सुन्न पाएको भए खुसीको अनुभूती हुने थियो । राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा वलियो एकता र सार्थक पहलको खाँचो पर्दछ । संसदका समिति र संसद भित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ । आपसी कटाक्ष र विवादले राष्ट्रको पक्षनै कमजोर वन्न पुग्छ । सिमाअतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।’

प्रतिक्रिया दिनुहोस