• २०८२ बैशाख २९ गते सोमवार

चरित्रहत्या : झुट्टा र मन गणन्ते लेखमा कुनै तुक छैन

नवराज सुवेदी पढ्न लाग्ने समय : ६ मिनेट

एकवर्ष अघि मसाल निकट बिध्यार्थी संगठन (अखिल छैठौ) सम्बद्द सुवास नामका कुनै तहका बिध्यार्थीले मेरा बारे सानो टिप्पणी सामाजिक संजालमा लेखेका थिए रत्यसमामेरो राजनीति ‘क्षेत्रीयता र जातिबादमा पतन ’ भएको भनिएको थियो र अहिले सोही टिप्पणीलाई एक बर्ष पछि मसाल निकट अनलाइन ‘युगदर्शन बैशाख २८’मा अर्को भरत नामक व्यक्तिको नामबाट उल्लेख गरि प्रमुखता साथ छापिएको छ ।

साभार भने लेखिएको छैन उक्त टिप्पणी बारे उनीहरुमध्ये कसले स्वामित्व लिने हुन् थाहा छैन र यौटै टिप्पणीका दुई रचनाकार भए संयूक्त नाम हुनु पर्थ्यो र त्यो स्पस्ट नगर्नु लेखनमा अनैतिक हुन्छ।खैर जेहोस, त्यो उनीहरुले भबिश्यमा सच्याउने आसा लिऊ। युगदर्शनमा पुन: छापिएको उक्त टिप्पणीलाई ठूलो खुराक ठान्दै मसाल र राजमोका बिभिन्न तहका नेताहरुले सोही टिप्पणीका आधारमा युटुवमा सोही कुरा चरित्रहत्या होस् भन्ने मनसाय र प्रमुखताका साथ प्रचार-प्रसार गरेका छ्न् ।त्यसरी त्यो तहको महत्वबाट त्यो टिप्पणी अब मसाल वा राजमोको आधिकारिक धारणा बनेको मैले ठानेको छु र त्यसबारे केहीकुरा स्पस्ट गर्न आबस्यक भएको छ ।

म २०३८को पार्टी सदस्य थिए ।त्यस हिसाबले नेकपा (मसाल )मा मैले २५ बर्ष काम गरेर जतिन्जेल त्यो पार्टीमा काम गरे,बुद्धि बर्कतले भ्याए सम्म देश र जनताको हितमै काम गरेर जनप्रतिनिधिका रुपमा २ पटक काम गरेर त्यसका लागि सबैलाई धन्यवाद दिन्छु। तर सत्य र न्यायका लागि संधै संघर्षरत रहेंर पटक(पटक हिरासत र जेलमा पनि परेर म माथि चितवन र दैलेखमा २ पटक क्रमसः दक्षिणपन्थी र उग्र वामपन्थीहरुबाट साँघातिक हमला भयो र तर संयोगले म बाँचे, म आफुले अपनाएको बिचारमा दृढ रहन्छु ,मोलतोल गर्दैन। अहिले पनि जुन पार्टीमा छु, त्यहाँबाट देश र जनताको हितमा काम गरिरहेछुर २०६२/०६३ मा मेरो मसालसँग राजनीतिक मतभेद भएपछि मैले त्यो पार्टी छोडेर खासगरी २१औं सताब्दीमा मार्क्सबादमा देखिएका चुनौती, पार्टी निर्माण,संघियता,संयुक्तमोर्चा आदी बिषयमा मतभेद रहेर तर राजनीति फरक परेपनि त्यो पार्टीका नेता कार्यकर्तासंग बेलामौकामा छलफल बहस हुन्छ र ने कपा(मसाल) वा राजमो ले पनि त्यसै गरोस् भन्ने म चाहन्छु ।तर कसैले पनि आफुले लिएकै बिचार अरुले लियोस् भन्छ भने त्यो संस्कारित होइन, केबल हठ, मुढेबल र आग्रहको कुरा हुन जान्छ । अहिले मेरा विरुद्ध संघियता पक्षधर भयो, संघियतामा पहिचानको आधार समात्यो,क्षेत्रियताबादी भयो भन्नुको अर्थ म संघीयता बिरुद्ध उभिनु पर्छ भन्ने हो।संघीयता बारे म आफ्नो पार्टीले लिएको नीतिमा स्पस्ट छुर दुबिधा छ भने मसाल र रा.ज.मो नै दुबिधामा छ र किनकी एकातिर ‘ संघीयताले देश टुक्रन्छ’ भन्नु र अर्को्तिर देश टुक्रने तहको संघीयता अन्तर्गतको संबैधानिक, कानूनी प्रबन्धबाट बनेका जिल्ला वा पालिकातहको सरकारमा सहभागी हुनु,अन्तरविरोधी कुरा हुन् र मसाल वा राजमो लाई संघीयता फिर्ता हुन्छ भन्ने विश्वास भएको भए बाहिर निस्केर आम ने सामनेको लडाई लड्नु पर्ने तर त्यस्तो योजना सुन्न पाईएको छैन। तेस्तो भएमा भबिस्यमा धन्यवाद दिनु पर्ला ।त्यसरी संघियताको बिरोध अहिलेसम्म पृथक देखिन मात्र उनीहरुले प्रस्तुत गरेको प्रस्ट छ।

जहाँसम्म हाम्रो कुरा हो, हामी संघीयतालाई उपयुक्त ठान्छौ र किनकी संघियता शक्ति बिभाजन सहितको राम्रो शासन प्रणाली हो भन्ने हाम्रो दृढ बिश्वाश छ ,तेस्तै दक्षिण एशियामै राष्ट्रिय प्रश्न केबल कम्युनिष्ट आन्दोलन र वर्ग सँग जोडिन्नर बरु त्यो हज्जारौ बर्ष देखि को बर्ण,नश्ल, जात, सामुदायिक चरम उंच/नीच, छुवाछुतको गहिरो सामाजिक विभेदको मनोविज्ञान संग समेत जोडिएकोले तेस्को समाधान पहिचान सहितको संघीयताले गर्छ भन्नेमा हाम्रो विश्वास छ र संबिधानले नै नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहु सांस्कृतिक मुलुक हो । यो बिबिधता होइन भन्नु सत्यलाई ढाकछोप गर्नु हो ।त्यस्तै समाज बर्गमा बाडिएको छ यो बर्गीय विभेदको अन्त्य समाजवादले मात्र गर्छ,त्यसमा मार्क्सबादले सुन्दर ब्याख्या दिएको छ, त्यसका राम्रा पक्ष्य अनुकरणीय छन तर आजको त्यो समाजवाद पुजिबाद र राज्यको मात्र भूमिका हुने पुरानो सोविएत मोडेलको अबधारणा दुबै होइन । ती दुबै भन्दा भिन्न जसलाई हामी सामाजिक बजार अर्थतन्त्रमा आधारित ५ स सहितको समुन्नत संघीय समाजवाद भन्छौ र यसमा राज्य, निजि क्षेत्र र समुदाय तीनवटाकै सन्तुलित भूमिका रहन्छ ।केबल राज्यको भूमिकामा जोडदिने समाजवाद संसारमै कमजोर परिसकेको छ। रुस,चिन र भिएतनाम सबैको बिकासमा आज निजि क्षेत्रको भूमिकाले निकै काम गरेको ठानिन्छरयसबारे पनि हामी प्रस्ट छौ। मसाल वा राजमो का नयाँ पुस्ताले जड्शुत्रमा अल्झनु र कसैले सतही आरोप थोपरेको भरमा उचालिनु भन्दा विश्वका सबै प्रणाली र दर्शनको गहिरो अध्ययन र बिश्लेषण गरुन भन्ने हाम्रो अनुरोध छ।

पार्टी समाज बदल्ने साधन मात्र हो रआफैमा लक्ष्य होइन । लक्ष्य देश, जनताको सुख समृद्धि हो ।पार्टी बिघटन हुन्छन्, फेरी नयाँ बन्छन ।नेपालमा पनि पार्टी गठन, पुनर्गठन समय समयमा भएका छ्न्र काँग्रेस,नेकपा तेस्तै चौथौं महाधिबेसन गठन,पुनर्गठन हुदै आएका छ्न् र नाम पनि बदलिदै आएको छ। नेतृत्व पनि बदलिएको छ र केन्द्रीय सदस्यको स्वरूप पनि एकै छैन । तेस्तो नभए किन २००६ सालको नेकपाले हाँगा बिंगा हाल्यो। किन चौम पार्टी मसाल हुदै एकताकेन्द्र मसाल बन्योर अनि प्रचण्ड वा केपी, नेतृत्वमा माओबादी एमाले छुट्टै पार्टी बने,वा अहिले फेरी मिलेर यी सबै समयको आबस्यक्ताले हुने कुरा हुन ।अरु पार्टी पनि त्यसरीनै आबस्यक्ताले पुनर्गठन हुन्छन् र हुन सक्छन।तेस्तै कुनै पनि सदस्य कुनै नेतृत्वसँग नीतिमा भिन्नता हुदा सर्बप्रथम पार्टी नेतृत्वलाई रुपान्तरण गर्न कोसिस गर्छ,सम्भब नभएमा नया राजनीतिक मार्ग तय गर्छ ।पार्टी एक स्वेच्छिक सस्था हो ।कसैले करले पार्टीमा रहने वा छोड्ने भन्ने हुन्न र कसैलाई कसैले पार्टीमा जबरजस्ती बस भन्नु,वा नया पार्टी नखोल भन्नु बालहठ हो,जो पुरा हुनु सम्भब छैनर आजको लोकतान्त्रिक युगमा यसो भन्नु हासो उठ्दो कुरा पनि हुनेछ ।

रह्यो कुरा आरोपको सम्बन्धित पार्टी वा त्यसका नेता वा सदस्यका लागि आलोचना गरिदा तथ्यमा र दस्ताबेजका आधारमा बिश्लेषण भएको हनुपर्छ, आवेग,रिस र चरित्र हत्या को आत्मरतिका आधारमा होइन ।

कस्को राजनीति सकियो सकिएन? पतन भयो भएन? त्यो कसैको इच्छा र भबिश्यबाणीले पुरा गर्दैन, तेसका लागि लामो समय हेर्नु र गुज्रनु पर्दछ । नीति र ब्यबहार दुबै हेर्नुपर्छ ।हामीले बिगतमा काँग्रेस, एमाले सकिए त भन्यौ, तर अहिले पनि बिभिन्न स्वरुपमा छदै छन तेस्तै अरु पार्टी पनि छ्न् र समाजवादी पार्टी अहिले जनता समाजवादी पार्टी, नेपाल पनि देशमा सशक्त रुपमा छ ।मसाल पनि सानो ठूलो रुपमा छ ।तर धेरै विस्तार भयो भन्ने ठानिएको छ भने त्यो सत्यहोइन, भ्रम मात्र हो ।यसको स्वाभाविक अर्थ हो बिभिन्न धारका पार्टी नेपालमा छन्, र रहन्छन । कसैले मनपारे पनि,नपारे पनि कसैले माने पनि नमानेपनि यो सत्य मसाल वा राजमोले पनि बदल्न सक्दैन,न प्यूठानमा न अन्यत्र नै ।त्यो सत्यलाई कमल थापा संगै मन्त्रीमण्डल मा बसेर राजमो आफैले पहिले प्रमाणित गरिसकेकै छ ।

नेपाली राजनीति आ-आफ्नो स्कुलींग अनुसार फरक-फरक रुपले स्थापित छ र लोकतन्त्र मा भिन्न भिन्न पार्टीका भिन्न मत हुने स्वत स्पस्ट छ ।राष्ट्रिय र कतिपय साझा सवालमा भने यौटै मत बन्न सक्छ जस्तै नेपाली अतिक्रमित भूमिफिर्ता गर्ने सवाल, अलोकतान्त्रिक अध्यादेश बिरुद्धको सवाल वा कोबिड-१९ बिरुद्ध लड्ने सवाल आदी ।अन्त्यमा पुर्बाग्रह, आबेग,छलकपट र भ्रमका आधारमा नभई तथ्य का आधारमा बिश्लेषण गर्न म सबैलाई आह्वान गर्दछु ।

लेेखक सुवेदी जनता समाजबादी पाटीका नेता हुन ।

प्रतिक्रिया दिनुहोस