• २०८२ जेष्ठ १ गते बुधवार

भारतले भुमि मिचेर सडक निर्माण गरेपछि युवा नेताले के भने ? हेर्नुहाेस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ७ मिनेट
बैशाख २८, काठमाडाैं । भारतले नेपालकाे भुमी मिचेर सडक निर्माण गरेका कारण चाैतर्फी विराेध भइरहेकाे अवस्थामा नेपालका युवा नेताहरूले के कस्ता प्रतिक्रिया दिए हेर्नुहाेस ।
महेश बस्नेत, नेता नेकपा
पहिले पनि भारतले नेपालको लिपुलेक-कालापानी राखेर नयाँ राजनतिक नक्सा जारी गर्यो। नेपालमा व्यापक बिरोध भैरहेको अबस्थामा दुबै देशले वार्ताको माध्यमबाट समाधान गर्नु पर्नेमा, झन त्यहीँ बाटो हुँदै चीनको मानसरोबर पुग्ने बाटो खोेलेछ । यसलाई नेपालले गम्भीरतापूर्वक लिनुपर्छ र कूटनीतिक माध्यमबाट सुल्झाउन पहल थालिहाल्नुपर्छ परि आए । नेपालले आफ्नो एक इन्च भूमि छाड्दैन, र अरुको एक इन्च भूमि पनि लिदैन । नेपाल सरकारले वार्ताका लागि यसअघि नै भारतसमक्ष प्रस्ताव पठाइसकेको छ। उचित पहल गरेर र उपलब्धिमुलक वार्ता होस् । ठूलो अन्दोलन हुनु पहिल्यै समस्या समाधान होस।

ठाकुर गैरे, नेता नेकपा
नेपाल सङ्ग बार्तामा बस्न भारत तयार छैन किनकि उसङ्ग कुनै तथ्य प्रमाण छैन अत उ कतै बार्ताबाट भागी रहेको त छैन । केवल ठुलो छु,धनी हु भन्ने दम्मको आडमा आफ्नै सहमतिमा बनेको प्रबुद्ध समुहको प्रतिबेदन बुझ्न् तयार हुदैन,नेपाल ले पठाएको कुटनैतिक नोट बारे बेखबर बस्छ।आफैले बिबादित मान्दै आएको लिपुलेक हुदै मानसरोवर जाने बाटो एकतर्फी खन्नेमात्र होइन कोरोना महामारी सन्कटको मौका छोपी उदघाट्न गर्न पुग्छ। एस प्रकार को बलमिच्याइ एव नेपालको सार्बभौमिकता,स्वतन्त्रता तथा स्वाभिमान माथिको हस्तक्षेप मन्जुर छैन।

गगन थापा, नेता नेपाली काङ्गेस
परराष्ट्रमन्त्रीज्यू, हाम्रो भूमि हुँदै सडक निर्माण गरेको कुरा भारतीय सञ्चार माध्यमबाट थाहा पाउने हाम्रो कस्तो राज्य संयन्त्र ? ‬
‪नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम हो यो।‬
‪अब पनि जानकारी मागेर मात्रै बस्ने कि यो अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने ?

विश्वप्रकाश शर्मा, नेता नेपाली काङ्गेस

#लिपुलेक_नेपालको_भुमि_हो, हामी प्रष्ट छौं l चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे नेपाल सरकारको धारणा चाहन्छौं ! @PM_Nepal
नेपाली भुभागहरु बारे उच्चस्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न, सरकारको दायित्व पुनः स्मरण गराउंदछौं !
दिपशिखा, संयाेजक राष्ट्रिय युवा संघ
अब नाराजुलुश, धर्ना, खबरदारी, विज्ञप्तीजस्ता कुरा पुराना भए । भारतीय बलमिच्याई प्रतिवादको अवस्थामा होइन, प्रतिरोधको अवस्थामा छ । हामी दुई तिहाई नजिकको जनमत सहित सरकारमा छौं । सरकारले हाम्रो जमिनको रक्षा गर्ने कदम चाल्नुपर्छ । पहिला थपक्क लगेर आफ्नो जमिनमा सशस्त्र क्याम्प (सेना पनि) राखेपछि बाँकी कुटनीतिक पहल, छलफल र संवाद गर्ने हो । किनभने केही समयअघि हाम्रो जमिन भारतमा राखेर नक्सा सार्वजनिक गरेको भारतले अहिले सडक खन्यो, हामीले यो अवधिभर के हेरेर बस्यौं ? ३ महिना लगाएर सडक खन्दा थाहा नपाएका हामीले उद्घाटन गरेपछि थाहा पाएका हौं ?
रमेश पाैडेल, सह संयाेजक राष्ट्रिय युवा संघ
अादरणीय देशभक्त दाजुभाइ तथा दिदीबहिनीहरु , हाम्रो देशका सिमानाहरु बारम्बार मिच्दै अाएकाे छिमेकी भारतले महाकालीपूर्व नेपाली भूभाग रहने सुगौली सन्धीविपरित भारतीय सत्ताले लिपुलेक क्षेत्रमा दशकौंदेखि गरेको अतिक्रमण र केही वर्षदेखि नेपाली भूभागमा बनाएको बाटो उद्घाटन गरेर आफ्नो मिचाह र हेपाह प्रवृतिलाई निरन्तरता दिएकोमा नेपाल सरकारले परराष्ट्रमन्त्रालयमार्फत आपत्ति जनाएको छ भने हाम्रो पार्टी नेकपाले पनि याे कदमकाे कडा शब्दमा बिराेध गरेकाे छ । यस्का लागि पार्टी र सरकारलाई धन्यवाद भन्दै यहाँ भारतले मिचेको जमिन फिर्ता लिन सरकारले अब देशका सबै राजनीतिक दलहरुलाई एकतावद्ध बनाउँदै संसदमा संकल्प प्रस्तावलगायत अरु कडा कदमहरु चाल्न आवश्यक छ । विस्तारवादी भारतीय सत्तालाई झुकाएर आफ्नो जमिन फिर्ता लिन जनताले विश्वास गरेको वर्तमान सरकारले अन्तराष्ट्रिय समुदायसंग साथ लिएर कडा र आवश्यक कुटनैतिक कदम चाल्नेछ भन्ने विश्वास गर्दै हाम्रा सत्ता स्वार्थहरु जाती र पार्टी भन्दा माथि उठेर सरकारलाई सम्पूर्ण हिसाबले साथ दिनु आवश्यक छ । सरकारलाई हाम्रो अाग्रह छ तत्काल सिमा क्षेत्रमा हाम्राे सुरक्षा फाैज लगि तहा क्याम्प राखाै र हाम्राे जमिनकाे रक्षा गराै ।पहिलै सिमामा शसस्त्र पुलिसको पाेष्ट राख्ने सरकारकाे निर्णय यहाँ कस्का कारणले राेकियाे र भएन ? सरकारको निर्णय त भएको भन्ने हामीले सुनिरहेका थियाै ! यस्ता बिषयमा पनि सरकारका सम्बन्धित निकाएका मान्छेहरु सचेत हुनु जरुरी छ । अहिले हाम्रा मिचिएका र गुमेका भुमीहरु फिर्ता लिने सहि माैका पनि हाे । याे माैका हामीले गुम्न दिनु हुन्न । तसर्थ हामी सबैले एकठाउमा उभिएर एकीकृत पहलुकाे जरुरी छ । अर्को तिर सिहंदरवार अगाडि केही चिनीयाहरुले अाफ्नाे देशकाे फिर्तीकाे माग गरि लकडाउनकाे अादेश ताेड्दै जे गरे त्याे बिषयले पनि निक्कै गम्भीर बनाएकाे छ ।लकडाउनका बेला तहासम्म दर्जनाै विदेशी नागरिकहरुलाई सिहदरवासम्म कस्ले अाउन दियाे ? र किन दिईयाे खाेजी गरि कार्वाही हाेस् । र, ती बितन्डाकारी चिनियाहरुलाई पनि कडा कारवाही गरियोस् । तिनीहरु अाफ्नाे देश फिर्ता जाने र जान नपाएको भए त अाफ्ना राजदुतावास अगाडि पाे प्रदर्शन विराेध गर्ने हाेली नी । यी चिनीयहरुकाे हेपाहा शैलीकाे जति निन्दा गरे नि कम हुन्छ । खैर! जुनसुकै नाममा भएको मिचाहा र हेपाहा प्रबृत्तिका बिरुद्ध हामी हाम्रो राष्ट्रिय स्वाधीनता र स्वाभीमानकाे रक्षाका लागि एकजुट बन्नु पर्ने बेला अाएकाे छ । अरु बिषयमा राजनीति गर्दै गराैला । देशकाे स्वाधीनता र स्वाभीमान दुखेका बेला हामी सबैलाई दुख्नु पर्छ । हामी एकजुट हुनुपर्छ ।सम्पुर्ण राजनीति दलहरु , नागरिक समाज लगायत सम्पुर्ण वर्ग ,क्षेत्र र लिङ्गका जनताहरुलाई एकजुट भएर मिचाहा र हेपाहा प्रबृत्तिका बिरुद्ध उभिन हार्दिक अपील गर्दछु । -रमेशकुमार पाैडेल ( सह- संयाेजक ) राष्ट्रिय युवा संघ, नेपाल ।
नैन सिंह महर, नेवि संघ
भारत नेपाली भूमी माथी अतिक्रमण गर्ने तर नेपालको अन्धराष्ट्रवादी ओली सरकार लम्पसावादी वनेर राष्ट्रीयता बचाउन कदम चाल्न न सक्ने यी दुवै कुरा स्वाभिमानी कुनै पनि नेपाली लाई सह्यहुन सक्दैनन ।१५ मे, २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेइजिङ भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग सीमा व्यापारसम्बन्धी गरेको समझदारीअन्तर्गत नेपाली भूमि लिपुलेक नाकाबाट सीमा व्यापार अघि बढाउने सहमति गरेका थिए । उक्त सहमतिमा नेपालसँग कुनै परामर्श गरिएको थिएन । जुन घटनाले त्रिदेशीय सम्झौतामा तिन वटै पक्षको सहमति चाहिने अन्तराष्ट्रीय कानुनको ठाडो उल्लंघन गरेको थियो । यस्तै ३ नोभेम्बर, २०१९ मा भारतले काश्मीरको विषय आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्दा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो भूभाग भनी देखाएर कालापानी क्षेत्रमा नेपालको करिब ३७४ वर्गकिलोमिटर भूभाग भारतले आफ्नो नक्सामा पारेको छ । सिक्किम र तिब्बत पालै पालो आफूमा विलय गराएको तथ्य हेर्दा छिमेकीको ईनटेन्सन कति स्वच्छ होला अनुमान गर्न सकिन्छ ।
चीनले भुटानको दोक्लाममा सडक बनाएको भन्दै भारतले सेना पठाएर रोक्न खोज्ने तर नेपाल संग पौठेजोरी खेल्ने ? एकलौटी सीमा क्षेत्रको नेपाली भूमिमा कुनै गतिविधि नगर्न नपाउने भएकोले सरकारले बलियो भएर भारत र चीन लाई यसप्रकारका क्रियाकलाप रोक्न उपयुक्त कूटनीतिक कदम चाल्न खुट्टा कमाउनु हुन्न।सरकार कुनै पनि विदेशीको कठपुतली भएको देखिनु भनेको स्वाभिमानी नेपाली जनताको अपमान हो ।
रन्जित तामाङ, सह संयाेजक अनेरास्ववियू
नेपाल सरकाले नेपाली जनतालाई झुट बाेल्याे, हामीलाई ढाट्याे ।
केहि समय अधि भारतले लिपुलेक,लिम्पियाधुरा र कालापानीमा सयाे हेक्टर नेपाली भुमि अतिक्रमण गरेक बेला सर्बदलिय सहमति सहित नेपाल सरकारले भारतिय सासकहरु संग कुटनितिक पहल गरेर समस्या समाधान गर्ने र नेपाली भुमि फिर्ता गर्ने भन्याे । तर हामीलाई सरकारले झुट बाेलेकाे याे प्रमाण हाे ।
जाे भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग खोलेको छ ।
नेपाल सरकारले यति सम्म लम्पसार चरित्र देखायाे कि देशका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री स्थलगत अनुगमनमा गए भनियाे तर दुखकाे कुरा हेलिकप्टरमा सहेर गरेर फर्किए ।
देश बचाउन युगले बलभद्र कुवर, भक्ति थापा र अमरसिह थापा फेरि खाेज्याे ,
जागाै युवा ,लागाै युवा !
भारतीय बिस्तारबादकाे शशक्त बिराेध गराै ।
प्रतिक्रिया दिनुहोस