• २०८२ जेष्ठ २ गते बिहिवार

जिल्ला अदालत, कास्कीका श्रेष्तेदारकाे विशेष अदालतमा आरोप-पत्र दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, कास्की । जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुलीले अदालतमा विचाराधिन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाईदिने प्रयोजनकालागि विभिन्‍न बहानामा घुस माग गरिरहेको भन्‍ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले सेवाग्राहीसँग रु। ३०,०००।– घुस रकम लिईसकेको अवस्थामा पक्राउ परेका छन ।

अनुसन्धानको सिलसिलामा जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेस्तेदार लोकनाथ पराजुलीले संगठित अपराध, कर्तव्य ज्यान मुद्दामा दशी प्रमाणको रुपमा जिल्ला अदालत, कास्कीमा पेश भएको सेवाग्राहीको ग १ च २३६३ नं। को कार अदालतको आदेश बमोजिम छुटिसकेको अवस्थामा समेत उनले धरौटी निर्धारण गरी गाडी छोडिदिने भनी घुस वापतको रू.३०,००० सेवाग्राहीले चलाई रहेको कार भित्रै बुझी आफूले लगाएको पाइन्टको गोजीमा राखी कारबाट ओर्लेर पर्स्याङस्थित डि.एल. लिक्वर सप भित्र गई बसेको अवस्थामा आयोगको टोलीलाई देख्नासाथ आफू बसेको टुलमुनी फ्याकेको आवस्थामा बरामद गरेको हो । उनको यस कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएकोले उनलाई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस