• २०८२ जेष्ठ २ गते बिहिवार

वन अधिकृत घुस रकम सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, काठमाडौं । डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसाद एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

खानीसम्बन्धि कामको लागी बिभिन्न बर बहाना गरी काममा अवरोध सृजना गर्दै सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग एक लाख घुस बापतको रकम लिईसकेको अवस्थामा बिदुर नगरपालिका वडा नं. २, नुवाकोट स्थित डिभिजन वन कार्यालयको कम्पाउण्ड भित्र रहेको उनकै निवासबाट पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस