
बैशाख २८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख तथा वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुखद र आपत्तिजनक विषय भएको बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले आइतबार प्रेस वक्तव्य जारी गर्दै यसअघि भएका सम्झौता र सहमतिहरुको उल्लंघन हुनुका साथै नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको बताएका छन् ।
विज्ञप्ति
