फागुन २७, पर्सा। लागूऔषध मुद्दाका फरार प्रतिवादी जिराभवानी गाउँपालिका-३ बस्ने ४५ वर्षीय किशोरी राउत कुर्मीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साको २०७६ कात्तिक २९ गतेको फैसलाले लागूऔषध गाँजा/चरेश मुद्दामा ३ वर्ष ९ महिना ३१ दिन कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी कुर्मीलाई गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । कुर्मीलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सा पठाइएको छ ।