फागुन २७, नवलपरासी। पश्चिम नवलपरासी जिल्राााााको प्रतापपुर गाउपालिकाको झुलनिपुर – त्रिवेणी सडक खण्डको श्रीरामपुरमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं। ५ श्रीरामपुर स्थित मुख्य पश्चिम गण्डक नहरको बाटोमा करिब चार बजेको समयमा उत्तर दिशाबाट दक्षिण तिर आउदै गरेको एक भारतीय प्लेट नम्बर युपी ५६ वाई ३८३६ मोटरसाइकल अनियन्त्रित हुदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक र पछाडि बसेका घाईते भएका हुन् । घाईते दुई जना मध्ये गम्भीर अवस्थामा रहेका मोटरसाईमल पछाडि बसेका प्रतापपुर गाउपालिका वडा न।९ बेलाटारी बस्ने अन्दाजी वर्ष ३७ लक्ष्मण हरीजनलाई टाउकोमा गम्भीर चोट लागेको छ । हरीजनको अवस्था गम्भीर रहेको छ भने अर्को मोटरसाइकल चालकहरू वर्दघाट नगरपालिका वडा न।१३ धनेवा बस्ने अन्दाजी बर्ष २७ का अनिल हरीजन सामान्य घाइते रहेका हुन्न ।उनिहरुलाई सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा पठाएको प्रहरीले जनाएको छ।यसै गरि सरावल ६पुसौलिमा पनि मोटरसाईकल दुर्घटना भएको छ ।युपी ५७ वाई९४४३ नम्बरलकोभारतिय मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा परि प्रतापपुर गापा वडा ७बैरिया बस्ने २३बर्षिय रबिन राजभर गम्भीर घाईते भएको भुजहवा प्रहरी चौकिले जनाएको छ ।उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौप्तामा पठाएको प्रहरी ले जनाएको छ।