• २०८० फाल्गुन १० गते बिहिवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा रहेको एक कफी सपमा आगलागी भएको छ ।

विमानस्थलभित्र इलेक्ट्रकि सट भइ आगलागी भएको विमानस्थलका अधिकारीले जनाएका छन् । यद्दपी आगो कसरी लाग्यो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफीसपमा आगलागी हुँदा विमानस्थल बन्द भएको टावरले जानकारी दिएको छ।अहिले आगो नियन्त्रणको प्रयास जारी राखिएको छ ।

विमानस्थलको टावर ब्रिफिङका अनुसार आगालगानीका कारण यो समाचार तयार पार्दासम्म आधा घण्टादेखि बन्द रहेको छ। विमानस्थल बन्द भएपछि काठमाडौं विमानस्थलमा अवतरणका लागि आएका जहाज आकाशमै होल्डमा परेका छन्। आगलगानी नियन्त्रण भएपछि विमानस्थलले सेफ्टी अडिट गरेपछि मात्र विमानस्थल पुन: सञ्चालन हुने छ।

प्रतिक्रिया दिनुहोस