• २०८२ जेष्ठ ७ गते मङ्गलवार

सिद्धार्थ शिसु सदन सुनवलको सप्ताहब्यापी खेल सुरु

विमल भट्टराई/इन्दिरा विश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, सुनवल । स्वास्थ्य नै ठुलो धन हो भन्ने नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा सप्ताह ब्यापी खेलकुद सुरु भएको छ ।

सिद्धार्थ शिसु सदन सुनवलको आयोजनामा माघ २६ गते देखि सप्ताह ब्यापी खेल सुनवलमा सुरु भएको हो । सोही अनुरुप आईतबार र सोमबार कक्षा १ देखि ९ कक्षा सम्मका विद्यार्थीहरु विच १०० मिटर र कक्षा ६ देखि ९ कक्षा सम्मका विद्यार्थीहरु विच २०० मिटरको दौड प्रतियोगिता सम्पन्न भएको छ ।

यस्तै फागुन १ गते महिला अभिभावकहरु विच म्युजिकल चियर र पट ब्रेकिङ्ग खेल खेलाईने छ भने फागुन २ गते पुरुष अभिभावक र विद्यालयका शिक्षकहरु विच फुटसल खेल खेलाईने विद्यालयका प्रधानध्यापक पदम चन्द ठकुरीले जानकारी दिनुभयो ।

आउदो फागुन १६ हुने सिद्धार्थ शिसु सदन सुनवलको बार्षिक उत्सव तथा अभिभावक दिवशलाई लक्षित गरी आईतबार देखि सुरु भएको सप्ताह ब्यापी खेलकुद फागुन २ गते सम्म सञ्चालन हुने विद्यालयका प्रधानध्यापक ठकुरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस