माघ २७, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।
संयुक्त रुपमा अनेरास्ववियु र नेविसंघले बिज्ञप्ती निकाल्दै क्याम्पसले विविध शिर्षकमा लिदै आएको रु ६०० हटाउनुपर्ने, स्ववियु बाफत काटिएको रकम स्ववियुको खातामा हुनुपर्ने, द्यक्ध् को प्रयोगात्मक शुल्क घटाउनुपर्ने, विद्यार्थी वित्तिय कोषको छात्रवृति बाट काटिएको रु १ हजारको हिसाब देखाउनुपर्ने, कोर्ष पुरा हुने बातावरण मिलाउनुपर्ने र बक्यौता रकम बोर त्रिपक्षी छलफल गरी समाधान निकाल्नुपर्ने माग गरेको बिज्ञप्ती मार्फत भनिएको छ।
तर क्याम्पस प्रशासनले भने बिहिबार बसेको बैठकको निर्णय अनुसार बिद्यार्थीले स्ववियू निर्वाचनमा भाग लिन हाल सम्मको बक्यौता रकम तिर्नुपर्ने तथा निर्वाचनकै लागि २ हजार तिरेर परिचय पत्र बनाउनुपर्ने सहमती भएको भन्दै अनेरास्ववियु र नेविसंघले संयुक्त बिज्ञप्ती निकालेका थिए । विद्यार्थी संगठनहरुले भने त्यस्तो कुनै सहमती नभएको र बिद्यार्थीमा भ्रम फैलाएकाले सूचना सच्याउन माग गर्दै आएका छन ।