• २०८० चैत्र ३० गते शुक्रवार

स्थानीय सरकारले राजश्व छलेर व्यवसाय दर्ता गरेको दाङ उद्योग बाणिज्य संघको आरोप

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

पुस २५, दाङ । स्थानीय सरकारले गैर कानुनी रुपमा व्यवसाय दर्ता गरेको भन्दै त्यसको व्यवसायीले नै विरोध गरेका छन् । आफु निकटका व्यवसायिलाई राजश्व छलि गरेर रसिद काटेर व्यवसाय दर्ता गरेको गुनासो बढेको छ ।दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरूले त्यस्तो गुनासो गरेका हुन ।

विहीवार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष वशन्त जोसीले वडा कार्यालयहरुले राजस्व छलि गरेर रसिद काटेको आरोप लगाए ।उपमहानगरपालिका वाट रसिद बुझेको भन्दै एक महिना अगाडिको मितिमा रसिद काटिएको अवस्था देखिएको उनले बताए ।घोराही उपमहानगरपालिका वडा नं.२ मा व्यवसायी दर्ताको नाममा नियम विपरित कार्य भएको जोशीले आरोप लगाए । त्यसवाट ठूलो राजस्व छलि भएको उनले दाबी गरे ।

‘अहिले स्थानीय सरकार छोटे सरकार वनेका छन्,’ उद्योग उपाध्यक्ष जोसीले भने । संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीले गैर व्यवासायिहरूलाई चोरवाटो वाट प्रवेश दिइएको भन्दै त्यो सच्याउनुपर्ने माग गरे । बुढाथोकीले अनुगमनका क्रममा वडा कार्यालयहरुले गैर कानुनी काम गरेको पाइएको बताए । आफुहरुले यो विषयमा बैठकमा छलफल गरेर उत्पन्न समस्या समाधान गर्न आग्रह गर्दै आएको भएपनि अध्यक्ष र महासचिवले बेवास्ता गर्दै आएको उनले गुनासो गरे । संघकी सचिव माया पोख्रेल र कोषाध्यक्ष सुशील पोख्रेलले गैर व्यवसायीलाई गैर कानुनी तरिकाले सदस्यता दिए स्वीकार्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस