- सागर थापा
पुस २५, दाङ । घोराही उपमहानगरपालिका नगर शिक्षा महाशाखाले अत्यधिक चिसो बढेकाले २६ र २७ गते नगर भित्रका विद्यालयहरु बन्द रहने जनाएको छ । चिसो बढेको भन्दै दुई दिन घोराहीका विद्यालय बन्द गर्ने नगर शिक्षा, युवा तथा खेलकुद महाशाखाले आज एक सूचना जारी गर्दै बर्षे विदा कट्टी हुने गरी भोली र पर्सि दुई दिन बिदा दिएको जनाएको हो ।
महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गर्नुभएको सूचनामा चिसो बढेका कारण नगर भित्रका गरिएको उल्लेख छ ।चिसोका कारण बालबालिका समेत पनि विद्यालयमा न्यून उपस्थित हुने गरेको भन्दै दुई दिन विद्यालय बन्द गरिएको महाशाखाको भनाई छ ।