मंसिर २४, पाल्पा । पाल्पाको बेगनासकाली स्वास्थ्य चौकी नजिकै खोल्सामा फालिएको अवस्थामा एक नवजात शिशु मृत फेला पारेको प्रहरी जनाएको छ ।
गएराति बगनासकाली गाउँपालिका –१ खोरबारीमा रहेको हेल्थ पोष्ट नजिकैको खोल्सामा नवजात शिशु छोरा मृत फेला पारिएको र अनुसन्धानमा उक्त नवजात शिशु तानसेन नगरपालिका –१४ घर भई बगनासकाली गाउँपालिका –३ स्थित माईती घरमा बस्दै आएकी २६ बर्षीया हुमा कुमारी दर्जीले फालेको खुल्न आएकोले निज महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्न लागिएको पाल्पाकाको प्रहरीले जनाएको छ ।